महिलाको हत्या अभियोगमा एक पक्राउ

रुकुम ः यौनसम्पर्कपछि महिलाको हत्या गरेको अभियोगमा रुकुममा एक युवा पक्राउ गरेका छन्। पक्राउ पर्नेमा रुकुम मुसिकोट नगरपालिका–१ का १९ वर्षीय अमरबहादुर बादी रहेका छन्।

रुकुम पूर्व सिस्ने गाउँपालिका–६ घर भई रुकुम पश्चिम सदरमुकाम मुसिकोटमा बस्दै आएकी ३८ वर्षिय इच्छा बिसीको शव मंगलबार सदरमुकामस्थित पालुखोलाको ढलनिकासमा फेला परेको थियो। अनुसन्धानका क्रममा यौनसम्पर्क पछि बादीले हत्या गरेको खुलेको प्रहरीले बताएको छ। यसै अभियोगमा वादीलाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले पक्राउ परेका बादीले रातको समयमा यौनसम्पर्क गर्ने उद्देश्यले आफ्नै कोठामा महिलालाई बोलाएको र यौन सम्पर्क गर्ने क्रममा मृत्यु भएपछि शवलाई नजिकैको ढलनिकासमा फालेको खुलेको बताए। अभियुक्त बादीलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरी जिल्ला अदालत रुकुमबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!