रविन्द्र मिश्रलाई पत्रः गणतन्त्र ल्याउने तपाई कि बालकृष्ण ढुंगेल 

आदरणीय युवा नेता रविन्द्र मिश्रज्यू,
सादर नमस्कार छ ।

महोदय,
उपरोक्त सम्बन्धमा जनयुद्धमा क्रियाशील योद्धा कमरेड बालकृष्ण ढुङ्गेलको राष्ट्रपतिबाट माफीसहित जेलमुक्त माफी दिने निर्णय भएको कुरा यहाँलाई अवगत नै छ । बालकृष्ण ढुङ्गेललाई जेलमुक्त गर्ने विषयलाई लिएर तपाईं र तपाईंको पार्टीको विरोध प्रदर्शनलाई लक्षित गर्दै एउटा ज्ञापनपत्र बुझाउन चाहन्छु ।

तपाईंको यो प्रतिक्रियालाई खण्डन् गर्दै यो प्रश्न गर्दछु कि तपाईंको पार्टीबाट बालकृष्ण ढुङ्गेलको आममाफी विरुद्ध प्रतिरोध गर्ने निर्णय बेठिक भन्ठान्नु हुन्छ भने मदन भण्डारीको दासढुङ्गा घटनालाई किन फलोअन नगरिएको हो ? राजपरिवारको दरबार हत्याकाण्डलाई सार्वजनिक गरियोस् भनेर अदालतमा रिट किन पेश गर्नु हुन्न ? जनयुद्धकालीन मुद्दाहरू छानबिनको मामिला मेलमिलाप आयोगलाई जिम्मेवारी लगाई तत्कालीन सत्ता पक्ष र जनयुद्धका पक्षधरबीच बिस्तृत शान्ति सम्झौता भएको हो कि होइन ?

संक्रमणकालीन न्यायको अन्तर्राष्ट्रिय प्रचलनबारे तपाई अनविज्ञ हो कि पूर्वाग्रही रु त्यसबेला तपाईं कुन रङ्ग मञ्चमा हुनुहुन्थ्यो रु जबकि राष्ट्रको गरिमामय संस्थाबाट प्रचलित कानूनबमोजिम आममाफीको घोषणा गरिँदा तपाईंलाई के कति कारणले आपत्ति भयो रु तपाईं अथवा तपाईंको पार्टीले यदि मुलुक र जनताको मर्म र भावना बुझ्छ भने अहिलेको सरकारले चालेको भ्रष्टाचार र तस्करी नियन्त्रण अभियानलाई किन सहयोग गर्नुहुन्न ? ब्यमपारी श्रेष्ठको हत्यारा बालकृष्ण ढुङ्गेल नै हुन् भने श्रेष्ठको मृत शरीरसहित मुचुल्का तयारी पारी सर्वोच्च अदालतमा जाने तपाईलाई छुट छ, त्यो बाटो किन हिड्नु हुन्नँ । राष्ट्रपतिको निर्णय संविधान बिपरित भएको प्रमाणित गर्ने हैसियत छ ।

घटनास्थल वा प्रत्यक्षदर्शी गाउँलेहरूले बयानका क्रममा ब्यापारी श्रेष्ठ एउटा गैरकानुनी तस्करीमा संलग्त भएको मान्छे हो भनेका छन् । सत्यतथ्य बुझ्नेतिर लाग्ने कि सस्तो लोकप्रियताका लागि प्रचारमा लाग्ने । श्रेष्ठको हत्यामा ढुंगेल संलग्न भएको के प्रमाण छ तपाईसँग । त्यसो भए गुण्डा नाइकेहरू चरी, घैंटे, मनोज पुन जति पनि इन्काउन्टरमा मारिए, तिनीहरूलाई इन्काउन्टर गर्ने सरकारी सुरक्षा टोलीमाथि हत्याको आरोप लगाई अदालतमा मुद्दा दायर गर्नुहुन्छ ।

अटल आचार्य जाजरकोट





error: Content is protected !!