नयाँ शैक्षिक सत्र सुरु हुँदा ,पुरानै शैक्षिक सत्रको छात्रवृती बितरण गरिएन्

कालीप्रसाद थापा
जाजरकोट ,  भेरी नगरपालिका त्रिभुवन माविकी छात्रा कल्पना सिंहले छात्रवृती नपाएरै विद्यालय बाट विदाई भईसकेकी छिन् । माध्यमिक शिक्षा परिक्षा दिएर उनी थप तयारीका लागि जिल्ला बाहिर गएकी छिन् । बारेकोट गाँउपालिका लिम्सा स्थित विरेन्द्र ऐश्वर्य माविका १० कक्षाका छात्रा निर्मला घर्तीले पनि अहिले सम्म छात्रबृत्ति पाउन सकेकी छैनन् । माथिबाटै आएको छैन भन्दै सरहरुले दिनुभएन उनले भनिन ‘हाम्रो स्कुलका म लगाएत कुनै पनि विद्यार्थीले यस बर्ष छात्रबृत्ती पाएनौ । उनी जस्तै यहाँका दर्जनौ छात्रा, दलित छात्रले छात्रवृती पाउँन सकेका छैन्न ।
शैक्षिक सत्र नयाँ सुरु हुँदा सम्म ,पुरानो शैक्षिक सत्रका विद्यार्थीले अहिले सम्म छात्रबृत्ति पाउन सकेका छैनन् । सामुदायिक विद्यालयमा एक देखि १२ कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई दलित छात्रबृत्ति, छात्रा छात्रबृत्ति, जेहेन्दार छात्रबृत्ति, विपन्न छात्रबृत्ति र अपाङ्ग छात्रबृत्ति सरकारले दिने गरेको छ । न्युनतम एक सय ७५ रुपैया देखि तीन हजार रुपैया सम्म छात्रबृत्ति दिने गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सरकारले आर्थिक तथा सामाजिक रुपमा पछि परेका वर्ग र समुदायलाई शिक्षामा आर्कषण बढाउन, भर्नादरमा बृद्धि गराउन र विद्यालयमा विद्यार्थी टिकाउ दर बढाउन छात्रबृत्ति दिने निति लिएको छ । तर विभिन्न बाहानमा लक्षित बर्ग अर्थात विद्यार्थी सम्म छात्र त्यो छात्रबृत्ति पुग्न नसकेको हो ।
सरकारले छात्रबृत्तिको लागी रकम पनि निकासा गरिसकेको छ । सवै छात्रबृत्ति रकम स्थानिय तहमा पनि गैसकेको छ तर नयाँ शैक्षिक सत्र सुरु भईसक्दा पनि पुरानै शैक्षिक सत्रको रकम विद्यालयलाई छात्रबृत्ति स्वरुपको उपलव्ध नगराउँदा ढिला भएको छ । भेरी नगरपालिकाले रकम ढिला निकासा दिएकोले त्रिभुवन माध्यमिक विद्यालय का प्रधानाध्यापक हेरम्ब बहादुर शाहले केही दिन पछि छात्रवृतीको रकम वितरण हुने बताए । यस बर्ष देखि शिक्षाको सवै रकम स्थानिय तहमा जान थालेपछि विद्यार्थीले समयमा छात्रबृत्ति पाउन नसकेका हुन् । समयमै छात्रवृती रकम स्थानीय तहले उपलव्ध गराउँन नसक्दा विद्यालयले विद्यार्थीहरुलाई छात्रवृती दिन नसकेको विरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरख बहादुर सिंहले बताए ।
फागुन ६ गते भित्र सवै विद्यालयमा छात्रवृती अनिवार्य वितरण गर्न जिल्ला शिक्षा कार्यालयले दिएको निर्देशन स्थानीय तहले विद्यालयको खातामा रकम नपठाउँदा कार्यान्वयन हुँन सकेन । नलगाड नगरपालिकाले भने तोकिएकै मितिमा छात्रबृत्ति बाँडेको शिक्षा शाखा प्रमुख योगेन्द्र आरसीले बताए । स्थानीय तहमा गएर कार्यालय सञ्चालन भएको एक मात्र नगरपालिका नलगाड नगरपालिका रहेको छ । गएको शैक्षिक सत्रका जिल्ला भरका करीव २५ हजार विद्यार्थीले अझै छात्रबृत्ति पाउन सकेका छैनन् ।
नलगाडले फागुन ६ मै छात्रबृत्ति बाँड्न सफल भयो तर भेरी र छेडागाड नगरपालिका तथा कुशे, बारेकोट, शिवालय र जुनीचाँदे गाँउपालिका गरी ६ तहले ले अहिले सम्म रकम बितरण गर्न नसकेको बाँड्न नसकेका हुँन् । छात्रवृती समयमा वितरण नहुँदा शैक्षिक व्यवस्थापन सुचना प्रणाली अर्थात(ईएमआईएस) को काम समेत प्रभावित भएको छ । यो बिवरण विद्यालयले नभरेमा शैक्षिक प्रगति देखाउँन समस्या हुँने गर्दछ ।





error: Content is protected !!