कहाँ छन् ‘गोरे’ का तीन थान हतियार

काठमाडौं , ३३ किलो सुन तस्करी तथा सन शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयोग गरेका तीनवटा पेस्तोल खोजिरहेको छ। स्रोतका अनुसार गत वर्षदेखि नै उनले हतियार बोक्दै आएका थिए। विभिन्न रेस्टुरेन्टमा बस्दा उनले हतियार झिकेर टेबुलमा राखेपछि मात्रै कुराकानी सुरु गर्ने गरेको स्रोतले जनाएको छ। ३३ किलो सुनका मालिक भनिने एमके मोहनकुमार अग्रवालका मानिसले कुटपिट गर्दा त्यही हतियार देखाएर उनी भागेको खबर नागरिक दैनिकमा छ।

३३ किलो सुन गायव भएपछि गोरेले थाई एयरलाइन्सका सिनियर इन्जिनियर सानु बनलाई त्यही हतियार देखाएर पटकपटक मानसिक यातना दिने गरेका थिए। उनले ती हतियार भारतबाट ल्याएको समितिले दाबी गरेको छ। गोरे पक्राउ परेपछि समितिले हतियारबा विषयमा सोधखोज गरेको थियो।





error: Content is protected !!