प्रशासकीय केन्द्र तोक्न नदिन जनप्रतिनिधी नियन्त्रणमा

जाजरकोट , ः जुनिचाँदे गाउँपालिकाको दोस्रो बिधान सभाको वैठकमा सहभागि हुँन नदिन जनप्रतिनिधीको अपहरण भएको छ ।

शनिबार राती ११ वजे जुनिचाँदे गाउँपालिका वडा २ का बीरवहादुर पुरीको नेृत्वमा १५ जना भन्दा वढीको टोलीले बडा नं २ कै वडा सदस्य पानसरा बस्नेत, सितला नेपाली र भक्तबहादुर बस्नेत लाई अपहरण गरेको स्थानीय मुक्ती शर्माले जानकारी दिनुभयो । पराले स्थित प्रशाषकीय केन्द्र तोक्नु पर्ने अपहरणकारी टिमको माग रहेको छ । एक वर्ष वितिसक्दा सम्म जुनिचाँदे गाउँपालिकाले आफ्नो प्रशाषकीय केन्द्र परालेमा तोक्न दवाव दिनका लागि अपहरण भएको शर्माले जानकारी दिनुभयोे ।

डिएस्पी रविन्द्रवहादुर सिंहका अनुसार नतिजा आ आप्नो पक्षमा पार्नका लागि गरिएको शडयन्त्र हो । वैठक स्थलमा ५० भन्दा वढी शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । जुनिचाँदे गाउँपालिकामा प्रशाषकीय केन्द्रको विषयमा विवाद छ । गाउँपालिका अध्यक्ष कृष्ण केसीले अपहरणको पुष्टि गनुभयो ।





error: Content is protected !!