जुनिचाँदे गाउँपालिकाका जनप्रतिनिधि हरुलाई ज्यान मार्ने धम्की

रेशमबहादुर खड्का
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका अधिकांश जनप्रतिनिधि हरुलाई ज्यान मार्ने धम्की दिएका छन । १३ गते गाउँपालिका ले सञ्चालन गर्न लागेको दोस्रो बिधान सभाको सभाम उपस्थित हुन गाउँपालिकाको आधिकारिक पत्र पाएका जनप्रतिनिधि लाई केही समुहले हात खुट्टा भाचने लगाएका धम्की दिई जनप्रतिनिधि हरुलाइ सभाम उपस्थित हुन बाट रोक्ने कसरतमा लागेका छन । नेत्र बिक्रम चन्द को नाममा हाल जुनिचाँदे गाउँपालिकाका जनप्रतिनिधि हरुलाई दैनिक आतंक मचाउदै आएका छन । निर्वाचन भएको एक बर्ष विति सक्दा पनि विवादका कारण गाँउपालिकाले केन्द्र तोक्न नसकेको गाउँपालिकाको सेन्टर एकलौटी रुपमा जनप्रतिनिधि हरुले लगाउन खोजेको भन्दै नेपाली काङ्ग्रेस ,र नेकपाका केही ब्यक्ति हरु दैनिक जनप्रतिनिधि हरुलाई घर जलाउने अपहरण गर्ने कुटपिट गर्ने भन्दै २ हप्ता यता जिल्लाको जुनिचाँदेमा आतंक मच्चाई रहेको जनप्रतिनिधि हरुको गुनासो छ ।
नत राति सुत्न दिन्छन् नत दिनम खान जिल्ला देखि केन्द्रीय नेता तथा कार्यकर्ता को फोन गर्न लगाएर हैरान पारेको नाम नखुलाउने सर्तमा एक जनप्रतिनिधि जानकारी दिए ।
निर्वाचन भएको ६ महिना भित्र सामान्य बहुमतले केन्द्र तोक्ने निर्णय गर्न सकिने प्रावधान थियो तर, जुनिचाँदे गाउँपालिकाम भने केही ब्यक्ति हरुले गर्दा अहिलेसम्म गाउँ सभाम समेत जनप्रतिनिधि उपस्थिति नगराउने होडबाजिले केन्द्र बिषयमा अन्यउल परेको छ।
अध्यक्ष कृष्णबहादुर केसी लगाएत केही जनप्रतिनिधि हरुले सबै जनताहरुको आवतजावतमा सहजका लागि जुनीचाँदेको लुवादहमा केन्द्र बनाउन आफ्ना अडान कायम राखेको र उपाध्यक्ष पक्षले सानाखोला भन्दै केन्द्रको बिषय लम्बिएको थियो ।
हाल सबैको सहमति अनुसार केन्द्रीय बिषय टुंगो र केही कार्य बिधि संसोधन गर्ने भनेकोमा गाउँपालिकाका कर्मचारी नै जनप्रतिनिधि लाई बैठकमा उपस्थित हुन रोक्न लागेको जुनिचाँदे गाउँपालिका स्रोतले जनाएको छ ।
गाउँपालिकाको टुंगो पहिलेनै बहुमतले पारित भएको ले हाल छलफलको लागि बिधान सभाको आवहान गरेको ले नकपा कार्यकर्ता बेद बहादुर शाही लगाएको समुहले आतंक मच्चाएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए ।
पहिले टुंगो लागेको केन्द्रमा कुनै पनि बिवाद नभएकोले गाउँ सभा कोरम पुगेमा काम अगाडि बढाईने अध्यक्ष केसीले बताए । कुनै ब्यक्ति ले नेत्र बिक्रम चन्द बिपलोको खोल आडदैम जुनिचाँदेको कामकाज नरोखिने अध्यक्ष केसीले बताए ।








