स्थानीय तहमा हस्तान्तरण भए जाजरकोटका स्वास्थ्य संस्था

जाजरकोट (रासस)ः यहाँका सात वटा स्थानीय तहलाई जिल्लाका सवै स्वास्थ्य संस्थाहरु हस्तान्तरण गरिएको छ ।

यो भन्दा अघि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको नेतृत्वमा रहेका यहाँका स्वास्थ्य संस्थाहरु विधीवत रुपमा आज स्थानीय तहको माताहातमा गएको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले जानकारी दिनुभयो । स्थानीय सरकार गठन संगै यहाँका स्वास्थ्य संस्थाका कर्मचारी , स्वास्थ्यकर्मीलाई तलव, भत्ता समेत स्थानीय तहले नै उपलव्ध गराउँदै आएका थिए । स्थानीय तहले नै यहाँका सवै स्वास्थ्य संस्थामा औषधी , अन्य आवश्यक सामग्रीहरु उपलव्ध गराउँदै आएका छन् ।

जिल्लामा अव ६ बटा मात्र कार्यालय रहने तर स्वास्थ्य कार्यालय नरहने भएपछि सवै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण गरिएको स्वास्थ्य प्रमुख रामबहादुर नेपालली जानकारी दिनुभयो । जिल्ला अस्पताल बाहेक सवै आज नै हस्तान्तरण गरिएको छ ।
हेमन्त के सी





error: Content is protected !!