गुण्डागर्दीको आरोपमा तरुण दलका जिल्ला सभापति पक्राउ

सुनसरी नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका सुनसरी सभापति सिजन गुरुङ गुण्डागर्दीको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले गुरुङलाई गएराति पक्राउ गरेको हो। सुनसरीको तरहराका एक स्थानीयको जग्गा मिचेको र गुण्डागर्दी गरेको आरोपमा उनलाई पक्राउ गरिएको डिएसपी शिवकुमार श्रेष्ठले बताए। गुरुङमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!