वन मन्त्रीका स्वकीय सचिवले रक्सी खाएर मन्त्रालयका सचिवमाथि हातपात गरे

सुर्खेत । एक जना मन्त्रीका स्वकीय सचिवले रक्सी सेवन गरेर मन्त्रालयका सचिवमाथि हातपात गरेका छन् । कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्वर बुढाले सचिव विद्यानाथ झामाथि हातपात प्रयास गरेका हुन् ।

तत्कालिन एमालेबाट मन्त्री भएका बुढाका स्वकीय सचिव डम्बर बुधबार मदिरा सेवन गरि मन्त्रालय पुगेका थिए । उनीसँगै जगत सिंह, हरिप्रसाद तिवारीलगायतका युवाहरु पनि सँगै थिए । उनीहरुले सचिवमाथि कार्यकक्षमै हातपात प्रयास गरेका थिए । प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो । तर, केही समयपछि छोडेको थियो ।

सचिव झाले मन्त्रीका स्वकीय सचिव बुढासहितका केही युवाहरुले मदिरा सेवन गरेर आफूमाथि हातपात गर्न खोजेको बताए । सुरक्षाकर्मीले बाहिरबाट ढोका बन्द गरेका कारण ठूलो घटना हुन नपाएको सचिव झाले बताए ।

बैशाख १ गते कर्णाली प्रदेश सरकारले मुगुको रारातालबाट सुरु गरेको कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका आफ्नो व्यक्तिगत रकम खर्च भएको भन्दै स्वकीय सचिव बुढाले सचिव झासँग रकम मागेको बताइएको छ । तर, सचिव झाले कमिसन तथा अनियमित रकम दिन नमिल्ने भनेका थिए । सचिवको जवाफ सुनेपछि बुढाको नेतृत्वमा तीनै जनाले आफूमाथि आक्रमण गर्न खोजेको झाको भनाई छ ।

सचिव झाले आफूमाथि हातपात भएको जानकारी गराएपछि प्रहरी टोली पठाएको जिल्ला पहरी कार्यालय सुर्खेतले बताएको छ ।

चुनावकाे मुखमा काङ्ग्रेस वाट तत्कालीन एमालेमा प्रवेश गरेका थिए । एमालेका त्यगि कार्यकर्ता याे कार्य प्रति रुष्ट भएका छन् ।

डवलि खवरबाट ।





error: Content is protected !!