महाकाली क्रिकेट क्लबले भेरीगंगा क्रिकेट क्लबलाई ४ विकेटले पराजित

कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौ दिनको पहिलो खेलमा महाकाली क्रिकेट क्लबले भेरीगंगा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ।
टस जितेर ब्याटिंग गरेको भेरीगंगा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो। उसको लागि तिलक थापाले सर्वाधिक ३७ रन तथा सौगात कार्कीले २४ रन योगदान दिए । बलिंगतर्फ पारस केसी र महेन्द्र सावदले समान २र२ विकेट लिए भने रोबिन क्षेत्रीले किफायती बलिंग गर्दै १ विकेट लिन ४ ओभरमा मात्र ६ रन खर्चिए।
१२३ रन लक्ष्य महाकालीले १७।१ ओभरमा ६ विकेट पुरा गर्यो। उसको लागि महेश साउदले सर्वाधिक अविजित २८ रन तथा पारस केसीले अविजित २३ रन बनाए। बलिंगतर्फ भेरिगंगाका शिभ डाँगी र तिलक थापाले २र२ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच महेश साउद घोषित भए।








