लोहापुरकि मैयाँका आसु र एकता विरोधी को रोदन

कालीबहादुर मल्ल

दन्त्य कथामा सत्तलसिं राजा सिकार खेल्दै जादा बाटो हराएर लोहापुर पुग्छन्।त्यहाँ को राक्षस ले गाउँ सबै स्वाहा पारेर एउटि राज कन्या मैयाँ मात्रै बाकि रहिछिन।उनै मैयाँ संग राक्षस सिकार खेल्न गएको मौकामा भेट भएछ।भेटका क्रममा लोहापुरकि मैयाँ संग धेरै कुरा भए।गाउँ राक्षस ले मासेको र आयो भने सत्तल सिं लाई पनि मार्ने कुरा सुने पछि सत्तलसिं ले सोधे ूउसको काल केमा छ सोधना तरुूत्यो थाहा पाउन उसै संग सोध्नु पर्ने भयो तर त्यो कसरीरुराज कुमारले उपाए सिकाए कि राक्षस आए पछि धुरुरु रुने।मैया ले त्यस्तै गरिन्।राक्षस आउने बेला रुन थालिन्।यो देखेर राक्षस ले सोध्यो ूआज किन रुन्छेस यसरीरुूअनि मैयाँ भनिन् ूयो संसारमा तपाईं बाहेक मेरो कोहि छैन यहि तपाईं पनि मर्नु भयो भने म कसका मुख हेरि बाच्ने रुभन्ने चिन्ता लागेर रोएको१ूभने पछि राक्षसले संझाउदै भन्यो ूधत लाटि म त्यसै मर्छु म मर्न त यो यो गर्नु पर्छ त्यसो गर्ने कोहि छरुूभनेर मृत्युको तरिका बताईदियो।त्यसपछि ूअब म ढुक्क भएूभनेर रुन छोडिन् उनी लाई राक्षसको मृत्यु थाहा पाउन थियो थाहा भयो।ू
संघ र प्रदेशको निर्वाचन पुर्व एकताको सर्त सहित चुनावि गठबन्धन गरेका दुई कम्युनिस्ट पार्टि ढिलै भए पनि जेठ ३ गते बिधिवत एकता सम्पन्न भएको छ।यो एकता जन चाहाना,राष्ट्रिय आवश्यक्ता र कम्युनिस्ट कार्यकर्ता को बर्षौंसम्म को माग को संबोधन हो।भने अर्कोतिर नेपालको अस्थिर राजनितिको नाजायज फाईदा उठाईरहेका मित्रहरु लाई ऐतिहासिक जवाफ पनि हो।लाग्छ नेताहरुको ईमानदारीता र प्रतिबद्धता मा अन्तर आएन भने बलियो सरकार बनेको छ यसको पुर्णायौ हुनेछ र पर राष्ट्र नीति,सुरक्षा नीति तथा वैदेशिक सम्बन्ध वारे नीति बन्नेछ,विगतका भेदभावका सन्धि पुनरावलोकन हुनेछन र परिमार्जन हसनेछन।देशको बिकास र समृद्धि ले गति लिनेछ।छिमेकि संगको सम्बन्ध राष्ट्रिय स्वार्थको आधारमा शुमधुर हुनेछ।
विडम्बना १माओवादी(एमाले एकता र एउटै कम्युनिस्ट बन्ने संभावना नदेखेका मात्र होईन सकेसम्म भड्काउने ठेक्का लिएकाहरु एकता संभव भए पछि आफ्नो टेण्डर बदर हुने भएपछि मेडियाहरु मा आफ्नो बस्त्र फुकालेर निर्बस्त्र भएर आलोचना,षड्यन्त्र लुकेको९चिन्ता०र तल्लो स्तरको गालिमा उत्रिए।सबैको एउटै स्वर छूप्रचण्डले पार्टि बुझायो १७००० को बलिदानि खेर फाल्यो।ू
पहिलो कुरा त जोड घटाउ हिसाब भुलेबा या नपढेका मान्छे को प्रचारको प्रभावमा साथिहरु परे कसन भने २०६३ साल बैसाख १३ देखि युद्धमा मान्छे मारिएनन्
अषाढमा शान्ति प्रकृया सुरु भयो।त्यति बेलासम्म शान्ति मन्त्रालय मा ७६०० को संख्या छ।त्यसमा २५००माओवादि र बाकि राज्यपक्षबाट भनिएको छ २०६३ माघ मा गौरमा २९जना को हतया भयो।अनि १७००० कसरी माओवादीको जिम्मा आउछरु
दोश्रो कुरा(क्रान्ति अधुरो छोडेको आरोप लगाएर २४भित्रै क्रान्ति गर्ने हावादारि कुरा गर्दै पार्टि फुटाउने हरुको चिन्ता१आफु र आफ्ना भनिएका मन्त्री र सभासद नबने पछि बिचार को कुरा उठाएर प्रचण्डलाई बदनाम गराउन ८जना जर्नेल को म्याद थप र कटुवालको स्पष्टीकरण मा असशयोग गरेको बुझिएकै हो।स्मरण रहोस डवल ड्रिल गरेर एउटै मान्छे कटुवालको जुत्ता साफ गर्ने र उसैले उनिको कार्वाही माग पार्टिमा गरेको पनि देखियो।अर्को कुरा पहिलो संविधानसभा विघठन पुर्व क किरण ले अर्थ ,परराष्ट्र लगायता मन्त्रालय मागेको र परराष्ट्रमन्त्री मा सि पि गजुरेल लाई भनेको यो तल्लो कलम को कार्यकर्ता लाई प्रष्ट थाहाछ।के किरणले भनेका मन्त्रालय र मन्त्री दिएको जनवादी क्रान्ति पूरा हुन्थ्योरुशहिदको सपना पूरा हुन्थ्योरुअनि किरणको जन संबिधान आउथ्योयहाँ प्रचण्डलाई र माओवादी बचाउन किरण ले कहानेर सहयोग गरे

उहाले पार्टिको एउटा सशक्त टिम लिएर बाटोमा गोठालो ले बाख्रा हराए झै हराउनु भयो।आज बाख्रा जती एकातिर र गोठालो एक्लै को स्थितिमा क किरण हुनुहुन्छ ।आफ्नो उत्रिएको लंगौटि पार्टि एकता को मन्चमा फालेर आफु नांगिएको ध्यानाकर्षण गर्नु भएको छ।वब अभाकियन को अनुशासन मान्दै आउनुहुने क किरण प्रचण्डलाई पेण्डुलुम बनाउन लागि पर्ने ठुलो मध्यको पहिलो हुनुहुन्छ ।
क किरणको बुई चढेर नेपाली क्रान्तिका उपलव्धि लाई धरापमा पार्ने र प्रचण्डलाई संगठनात्मक रुपले कम्जोर र राजनितिक रुपले बद्नाम गराउन ज्याफालेर लाग्ने टिम पनि यो एकता प्रति र प्रचण्ड प्रति कालो अरिंगाल खनिएको छ।
तेस्रो ग्रुप जो आफुलाई २१ औं शताब्दीको मार्क्स ठान्छ त्यो पनि यति बेला तथानाम गालि गरेर एकता प्रति चिन्ता ब्यक्त गर्दैछ।आफु लाई अव्वदल विद्वान् वैज्ञानिक  डा भट्टराई
आफ्नो विद्वता लाई आधार बनाएर सके मोदि न भए केजरिवाल बन्ने देखाओटि कुरा र प्रचण्डलाई एक्लो र कम्जोर पारेर सिध्याउने भित्र योजना सहित ूनया शक्तिूनाम ले भाग्नु भो।त्यस्तै काम गर्नु नपर्ने पद ठुलो भैरहनु पर्ने फुटकर नेताहरु
हराउदै जोडिदै गरेर पार्टि लाई विधान विपरित चलाउन परिपाटि बसाले।आफु मन्त्री हुदा प्रचण्ड र पार्टी भुलेर आफ्नो हैसियत देखाएर कमाउनेहरु अहिले प्रचण्ड को चिन्ता गर्दैछन।
जे होस प्रचण्ड सिध्याउन जिम्मा पाएकाहरु नै अहिले माओवादि,जनयुद्ध र प्रचण्ड को विरोध र आलोचना अनि प्रचण्ड प्रति सहानुभूति ब्यक्त गरि रहेका छन।माओवादी र प्रचण्डलाई साविक बमोजिम रहने नदिने जिम्मा लिएका हरु नै पार्टी एकता पछि माओवादी को र माओवाद को स्वर निकालेर रुदैछन्।यो रोदन र आँसु प्रचण्ड फेरि बाच्यो भनेर आईरहेछन् जसको अर्थ नै छैन यदि छ भने आउ माओवादिहरु एक ठाउँ र प्रचण्ड र कम्युनिस्ट पार्टि लाई बलियो बनाउ ।हैन भने राक्षस मार्न राजकुमारि लोहापुर ले रोएको भन्दा के फरक पर्ला र





error: Content is protected !!