बिकासको नाममा आएको वजेट पकेटमा

हेमन्त के सी
कर्णाली प्रदेशको विकट पहाडी जिल्ला डोल्पाको करिव १ हप्ता यात्रा गर्ने क्रम्म जुन मानसिकता बनाएर म जाजरकोटबाट यात्रा सुरु गरेको थिए , त्यो भन्दा फरक मात्र होईन् भिन्न बातारणमा मैले आफुलाई पाए ।
तल्लो डोल्पा सम्म मात्र सडक सञ्जालले जोडिएको डोल्पामा यहाँका स्थानीयबासीहरुको विकास प्रतिको चाहना र मुठीभरका मान्छेले विकासको लागि गएको वजेट कागजमै सिध्याउने गरेको जनताको चर्को विरोध सुन्न पाईयो । टोलै पिच्छे निर्माण गरिएका बाटाहरु , जुन गुणस्तरमा निर्माण गरिनु पर्ने थियो त्यो नभएर एकै ठाउँमा ७ औ पटक सम्म वजेट विनियोजन गर्दा पनि ति संरचना निर्माण नभएको नमिठो बयान जनताले सांसद संग गुनासो सुनाए । पुरुष भन्दा महिलाहरु विकासको नाममा आएको वजेट विकासै नभएर सकिएको चर्को कुरा उठाएर सांसद सत्य पहाडीलाई गुनासो पोख्दैथिए ।
जाजरकोट बाट नेपालगन्ज विमानस्थलमा डोल्पा जाँने जहाजको टिकटमै ठुलो लडाई लड्नु पर्ने चुनौति यहाँका स्थानीयको पहिलो पिडा हो । वल्ल, तल्ल टिकट पाएपनि जहाज नउड्दा सम्म टिकट कत्तै अर्काको भईदिन्छ कि भनेर यात्रुलाई सवै भन्दा तनाव हुँने गरेको यात्रुहरु बताउँछन् । सामान्य भाडा ८ हजार भन्दा माथि नेपालगन्ज बाट डोल्पा जाँनलाई छ भने डोल्पाबाट नेपालगँन्ज आउँन अलि कम मुल्यमा यात्रा गर्न पाईने यहाँको पीडा हो । यात्रा उही , दुरी उही तर भाडा मात्र फरक हुँदा डोल्पाबासीहरु मिनेट, मिनेटमा ठगिने अवस्था रहेको पाईन्छ । विमानस्थल देखि ठगिएका स्थानीय जनताहरु गाउँको विकास निर्माणमा झनै ठगिएका छन् ।
तल्लो डोल्पाका त्रिपुसुन्दरी नगरपालिकाका बिभिन्न ठाउँमा घुम्दा विकासको नाममा आएको रकम विकास भन्दा पनि बिनास भएको महिलाहरुले पुर्व शान्ति मन्त्री सत्य पहाडीलाई बुझाएको ज्ञापन पत्रमा देखिन्थ्यो । महिला हिंसा देखि विकास नहुँदा सवै भन्दा पिडा महिला दिदी वैनीलाई नै परेको सांसदलाई भेट्न आएका महिलाहरुको कुरामा स्पष्ठ सुन्न पाईथ्यो । डोल्पाली महिलाहरु अव पुरुषको भर नपरि आफै विकास निर्माणका काममा लाग्ने उद्घोष समेत व्यक्त गरेका छन् । पुरुसले खासै विकास बजेटका विषयमा कुरा नराखेपनि महिलाहरुले भने डोल्पामा विकासका लागि विकासमा अनुशाषन हुनुपर्ने र काममा कडाईका साथ अनुगमन हुँनुपर्ने माग समेत गरेका छन् । दाप देखि लिकु हुँदै चुँ सम्मको खानेपानिमा लाखै रकम सकिएको छ तर कागजमा सिचाई पुगेको स्थानीयहरु बताउछन् तर अहिले दाप सम्म मात्र सिचाईका लागि पानि आएको छ , बाँकी लिकु र चुँ सम्म पानि नै आएको छैन् । तर कागजमा पानि ल्याएर सिचाई भएको भनि उल्लेख गरि रकम निकासा गरेर मुठीभरका मान्छेले झवाम पारेको महिलाले नै गुनासो गरेका छन् ।
चुँ गाड देखि चुँ गाउँ सम्म निर्माण गरिने भनिएको गोडेटो बाटोमा माटो नै नकोट्याई लाखै रकम निकासा भएको पाईएको छ । सोही बाटोमा अहिले सम्म ३ पटक वजेट बिनियोजन भई निकासा भएपनि काम भने ० सम्म नभएको स्थानीयहरुको गुनासो छ । दैनिक घट्ट , पानि , पधेरी देखि आवतजावत गर्न हामीलाई समस्या हुन्छ , हामी कुरा उठाउँछौँ तर नेताहरु मिलेर रकम झवाम पारिहाल्नछन् हाम्रो केही लाग्दैन , यहाँका महिलाको पिडा एकै साथ सुनाए । बजेट कहाँ कति खर्च भयो छानमिन गर्न महिलाहरुको दवाव नै थियो । विकासमा नाममा आएको करोडौँ रकम वर्षेनी कामै नभएर एकाध व्यक्तिको पकेटमा हराउने गरेको पिडा डोल्पाको पिडा हो ।
विकासका लागि आएको रकम विकासको नाममा लुट मचाएरै सकिएको सुन्न मात्र होईन् , यो पटक देख्न पनि पाईयो । विकास निर्माण देखि सवै काममा पुरुषहरु हाबी हुँने महिलालाई मात्र घरको काममा जोतिन वाध्य पार्ने भन्दै अव हामीलाई साथ दिन यहाँका महिलाले पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी संग जोड दार माग गरे । अहिले डोल्पाका गाउँ , गाउँमा डोजर लागेर काम भएको देखिन्छ , तर त्यहाँ उपभोक्ता समितिमा महिलाहरुको नाम मात्र उल्लेख काम भरि पुरुषले मात्र गरेको पिडा महिलाले बताएका छन् ।
आफै नेता , आफै जनप्रतिनिधी र आफै ठेकेदार अनि आफै अनुगमन गरि बजेट सकाएको भन्दै यहाँका स्थानीयहरु चर्को कुरा उठाईरहेका छन् । नियमनकारी निकाय ध्यान नदिदा समस्या भएको स्पष्ठ देखियो डोल्पामा । विकास भएन भनि दश थरी कुरा गर्ने यहाँका दलहरुले विकासको भएको अराजकता र कामै नगरि ध्वास्त भएको बजेट ध्यान कहिले जाँने ?





error: Content is protected !!