गोरुले हान्दा मृत्यू

जाजरकोट , २१ बैशाख आठबिसकोट नगरपालिका वडा न ९ रुकुम पश्चिमका ३४ वर्षीय बीरजंङ बिष्ट गोरुले हान्दा मृत्यू भएको छ । शुक्रवार बिहान आफ्नै गोरुले हान्दा मृत्यू भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिनुभयो । मकै रोप्नका लागि जग्गा जोत्न लिदै गर्दा गोरुले हानेको बटालाले बताउनुभयो ।










