शे फोक्सुन्डो निकुञ्जमा हिउँ चितुवाको गणना सुरु

नेपालकै सबैभन्दा ठूलो निकुञ्ज शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा विश्वमै लोपोन्मुख बन्यजन्तु हिउँ चितुवाको गणना सुरु गरिएको छ ।
विश्व बन्यजन्तु कोषको आर्थिक सहयोगमा शे–फोक्सुन्डो राष्ट्रिय निुकञ्जले गणना सुरु गरेको हो । विश्व बन्यजन्तु कोष, शे फोक्सुन्डो निकुञ्ज, हिउँ चितुवा संरक्षण समितिसहित ३३ जनाको अध्ययन टोली १३ वैशाखमा निकुञ्ज कार्यालय सुलिगाडबाट बनतर्फ हिँडिसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेब चौधरीले बताए ।
उन“का अनुसार “अध्ययन टोलीले एक महिना लगाएर हि“उ चितुवाको गणना गर्नेछ । क्यामरा ट्रयाप र दोहोरो गणना बिधिद्धारा गणना गरिनेछ, हिउँ चितुवासँगै आहारा प्रजातिको रुपमा रहेको निल भेडा ९नावर० समेत गणना गरिने उनले बताए । अध्ययन टोलीले २२ वैशाखमा हिउँ चितुवा र नावर पाईने विभिन्न स्थानहरुमा क्यामेरा राखेर अध्ययन सुरु गर्ने प्रमुख संरक्षण अधिकृत चौधरीले जानकारी दिए ।
एक महिना अवधि लगाएर गरिने गणनामा लोपोन्मुख बन्यजन्तु हिउ चितुवाको संख्यातमक बुद्दि वा घटेको बारेमा टोलीले अध्यायन प्रतिवेदन तयार पारि काठमाडौं फर्के पछि सार्वजनिक गरिने छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज संरक्षण बन क्षेत्र लोपोन्मुख बन्यजन्तु हिउँ चितुवा धेरै पाइने स्थानमा पर्दछ ।
विश्वमा नै हिउँ चितुवाको घनत्व सबैभन्दा बढी भएको क्षेत्र शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको लंगु उपत्यका रहेको निकुन्जले तयार पारेको बार्षिक प्रतिबेदन २०७०र०७१ मा उल्लेख गरेको छ ।निकुन्जको उक्त बार्षिक प्रतिवेदनका अनुसार शे फोक्सुण्डो निकञ्ज बन क्षेत्रमा एक सय तीसको संख्यामा हिउँ चितुवा रहेको र यो संख्या नेपालका निकुन्जहरु मध्येमा सबैभन्दा बढी संख्या हो ।
नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्जको शे फोक्सुण्डो निकुन्जमा हिउँ चितुवा, कस्तुरी, मृग जस्ता अत्यन्तै दुर्लभ बन्यजन्तुहरु लगायत ३२ प्रजातिका स्तनधारी, २०० भन्दा बढी प्रजातीका चराहरु २८ प्रजातिका पुतली, ६ प्रजातिका घस्रने जीवहरु र विभिन्न ४१७ प्रजातिका बनस्पतिहरुको आश्रम स्थलको रुपमा समेत शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज परिचित छ ।










