जहाँ पोशाक आफै किनेर विद्यार्थी पढाईन्छ

काठमाण्डौँ  , यहाँको त्रिपुरासुन्दरी नपा १० डोल्पा स्थित कान्जिरोवा आधारभुत विद्यालयका विद्यार्थीहरु पोशक नभएर विद्यालय नआउँने समस्याको हल भएको छ ।
यस विद्यालयका शिक्षकहरु आफैले रकम उठाएर गरिव विद्यार्थीहरुका लागि पोशाक किनेर उपलव्ध गराउदा यहाँका गरिव वालवालिका विद्यालय रमाई ,रमाई आउँने गरेका छन् । कापी,कलम किन्न नसक्ने विद्यार्थीहरुका लागि शिक्षकले कापी कलम किनेर दिने गरेको अभिभाभक रामवहादुर धरलाले बताउनुभयो । कोही विद्यार्थी पनि पोशाक र कापी कलमकै लागि विद्यालय आउँन बाट बन्चित नहोस भन्ने हाम्रो चाहना हो प्रधानाध्यापक विष्णुप्रसाद खत्रीले बताउनुभयो । अहिले ३ सय भन्दा बढी विद्यार्थी यस विद्यालयमा अध्यानरत छन् । शनिबार समेत यो विद्यालयमा पढाई हँुने गर्दछ । डोल्पाको उत्कृष्ट विद्यालय बनाउँने अभियानमा लागेको प्रअ खत्रीले बताउनुभयो ।
यहि विद्यालयमा मा पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी दुई जुमल्याह रेजिना धरला, जमुना धराला सहित ओमबहादुर शाहीको भर्ना गरि अभिभावक बनेकी छिन् । ७ वर्षीय द्धय धराला र ओम शाहीलाई कक्षा १ मा भर्ना गरिएको छ । बुधचन्द्र धरलाका दुई छोरीहरु र अर्का ओमवहादुर शाही अव पुर्व शान्ति मन्त्री सत्य पहाडीको हेरदेख र खर्चमा यो विद्यालयमा पढ्ने छन् । मध्य डोल्पामा पर्ने यो क्षेत्रमा रहेको विद्यालयमा अंग्रेजी माध्यमवाट पढाई हुँने विद्यालय हो ।
यी बालिकाको भर्ना संगै अभिभावक खुसी भएका छन् । निम्न आर्थिक अवस्था रहेका धरलाको छोरीहरु विद्यालयमा भर्ना संगै अव नियमित विद्यालय आउँने वावा बुधचन्द्र धरलाले जानकारी दिनुभयो ।
हेमन्त के सी




सम्बन्धित समाचार


error: Content is protected !!