स्याउँखेतीमा आकर्षशीत हुदै कृर्षक, डोल्पामा ७३ हजार स्याउँका विरुवा वितरण

लेख बहादुर बुढा

दुनै डोल्पा / डोल्पा जिल्लाका कृर्षकहरु पछिल्लो समयमा स्याँउ खेती मा आकर्षित हुदै गएका छन । आर्थिक बर्ष २०७४।७५ मा डोल्पा जिल्लाका ५ स्थानियतहरुका कृर्षकहरुलाई ८२ हजार स्याउँका विरुवा वितरण गरिएको छ । जिल्लाको ठुली भेरी नगरपालीकामा १८ हजार,त्रिपुरा सुन्दरी नगरपालीकामा ३७ हजार,मुड्केचुला गाउपालीकामा २० हजार ,जगदुल्ला गाउपालीकामा ५ हजार र काईके गाउपालीकामा ३ हजार स्याउँका विरुवा जिल्ला कृर्षि विकास कार्यलयको समन्वयमा विभिन्न स्थानिय तहले कृर्षकहरुलाई वितरण गरेको जिल्ला कृर्षि विकास कार्यलय डोल्पाका बरिष्ठ कृर्षि विकास अधिकृत कलश राम चौधरीले बताएका छन । यो बर्ष देखि स्याउँका विरुमा जगदुल्ला गाउपालीका केहि कृर्षकहरुले उत्पादन गरेकाले यो बर्षका लागी स्याउँका विरुवा थोरा मात्र जुम्ला बाट ल्याईएको जगदुल्ला गाउपालीकाका अध्यक्ष नर सिँह रोकायले बताए । डोल्पाका स्थानिय तहहरुले स्याउका विरुवा बचाउनेलाई ५० देखि ७५ प्रतिशत अनुदान दिने कार्यक्रम लागु गरेपछी गत बर्षहरु भन्दा पनी यो बर्ष कृर्षकहरु स्याउखेतीमा झनै आर्शित भएको जिल्ला कृर्षि विकास कार्यलय डोल्पाले जनाएको छ ।
अत्याधीक जाडो हुने भएकोले माथिल्लो डोल्पाका डोल्पो बुद्ध गाउपालीका ,शेफोक्सुन्डो गाउपालीका,र छार्का तागँसोगँ गाउपालीकामा स्याउँका विरुवा वितरण नभएको गाउपालीकाले जनाएका छन । माथिल्लो डोल्पाका तिन गाउपालीकामा फलफुल खेतीको लागी स्थानिय तहमा बजेट गएको तर अत्याधीक चिसो हुने भएकोले त्याहाँका कृर्षकहरुले आफ्नो सुहाउदो हावा पानीको फलफुल खेती गर्ने जनाईएको छ । विस्तारै डोल्पा जिल्लालाई सडक सन्जालले छुदै आएपछी यहाँका कृर्षकहरु फलफुल खेती स्याउँ,ओखर,सुन्तला,अंगुर, खेतीमा चासो देखाउदै आईरहेका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!