जुमल्याह छोरी सहित तीनको अभिभावक बनिन् सत्य पहाडी 

डोल्पा  । पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी दुई जुमल्याह रेजिना धरला, जमुना धराला सहित ओमबहादुर शाहीको भर्ना गरि अभिभावक बनेकी छिन्  । ७ वर्षीय द्धय धराला र शाहीको त्रिपुरासुन्दरी नपा १० स्थित  कान्जिरोवा आधारभुत विद्यालय कक्षा १ मा भर्ना गरिएको छ । बुधचन्द्र धरलाका दुई छोरीहरु र अर्का ओमवहादुर शाही अव पुर्व शान्ति मन्त्री सत्य पहाडीको हेरदेख र खर्चमा यो विद्यालयमा पढ्ने छन् ।

मध्य डोल्पामा पर्ने यो क्षेत्रमा रहेको विद्यालयमा अंग्रेजी माध्यमवाट पढाई हुँने विद्यालय हो । यी बालिकाको भर्ना संगै अभिभावक खुसी भएका छन् । निम्न आर्थिक अवस्था रहेका धरलाको छोरीहरु विद्यालयमा भर्ना संगै अव नियमित विद्यालय आउँने वावा बुधचन्द्र धरलाले जानकारी दिनुभयो । विद्यालय जाँन वाट वन्चित धरालाले अव शिक्षा आर्जन गर्ने बाटो खुलेको छ । कान्जिरोवा आधारभुत विद्यालयमा पढ्न बालबालिकाको कापी,कलम, र पोशाककै कारण विद्यालय आउँन बाट वन्चित हुँन नदिन यहाँका शिक्षकहरुले गरिव विद्यार्थीको पोशाक , कापी र कलम किनेर विद्यालमा पढाउँने गरेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!