डोल्पामा अवैध रुपमा यार्सा पाटन पुगेका ४९ पक्राउ

त्रिपुराकोट(डोल्पा) १८ बैशाख
डोल्पामा बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकि“दै गर्दा धमाधम यार्सा तस्करहरु पक्राउ पर्न थालेकाछन् ।
डोल्पाको जगदुल्ला गा“उपालिकामा पर्ने जगदुल्ला यार्सागुम्बा पाटनबाट अवैध रुपमा बहुमुल्य जडीबुटी यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना यार्सा तस्कर पक्राउ परेकाछन् ।
पक्राउ गर्दा ५१ जना समातिएको भए पनि २ जना भने अन्धाधुन्द दौडेर भागेकाले ४९ जनालाई मात्र पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।
पक्राउ पर्नेहरु मध्ये ११ जना महिलाहरु रहेका छन् । पक्राउ परेका ४९ जना सबै जिल्ला वाहिरका रहेको पनि निकुञ्जले जानकारी दिएको छ ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायको संयुक्त गस्ती टोलीले गत सोमबार राती ११ बजेरतिर पक्राउ गरेर निकुञ्ज कार्यालय सुलिगाडमा ल्याउ“दै गरिएको निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुको समुहमा केटाकेटीहरु पनि रहेको निकुञ्जले जनाएको छ ।
यार्सागुम्बा पाटन खुल्नु अगावै यार्सागुम्बाको अवैध चोरी निकाशि रोक्नकालागि विभिन्न नाका र यार्सापाटनको सुरक्षा ब्यबस्था कडाई पारिएको निकुञ्जले जनाएको छ ।
प्रत्येक बर्ष जेठ देखि असारसम्मको एक महिना अवधिमा चल्ने यार्सागुम्बा सिजनलाई ब्यबस्थित बनाउन निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीहरुको संयुक्त गस्ती टोली पनि परिचालन गरिएको निकुञ्जले जनाएको छ ।
अघिल्ला बर्षहरुमा जेठ १० गते मात्रै संकलनकालागि खुला गरिने यार्सापाटनहरु यस बर्ष भने जेठ १ गते संकलनकालागि खुला गरिने बताईएको छ ।
डोल्पाका कागमारा, जगदुल्ला, माझवन, कुनासा, डोप्के, भान्का, ठांगे, टाङ्टुङ्गे, लुमला, छोयला, सागर, बासुदा, फूलवारी, नावरपानी, चाहारा, साइकुमारी, माटे, लगायतका दर्जनौ पाटनहरुमा यार्सागुम्बा पाइने गर्दछ ।
पक्राउ गरेर बाटोमा ल्याउदैको अवस्था भएका कारण उनीहरु माथि छानबिको कार्य भैरहेको छ ।पक्राउ परेकाहरुबाट बन्दोबस्तिका सामग्रीहरु बरामद भएका छन् ।
भाग्ने मध्येको एक जना झोला सहित भागेकाले यार्चाकुन्भु उसैले लगेको अनुमान निकुञ्जले गरेको छ ।
पाटन खोल्नु अघि पाटनबाट यार्सागुम्बा चोरेर संकलन नहोस् भनेर विभिन्न पाटनका सम्बन्धित मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिहरु, चोरिशिकार नियन्त्रण समितिहरु, स्थानीय तहका पदाधिकारीहरु, स्थानीय समुदाय, निुकञ्ज र नेपाली सेनाले पाटनपाटनमा संयुक्त गस्ति गर्ने गरिएको निकुञ्ज संरक्षण अधिकृत चौधरीले बताएका छन् ।
यस अघि पनि गत अघिल्लो सोमवार बैशाख १० गते अवैध रुपमा यार्चागुम्बा टिप्न कागमारा पाटन पुगेका ७ जनालाई पक्राउ गरेर हालसम्म निकुञ्जको हिरासतमा राखेको र हिजो सोमवार राति पक्राउ गरिएका ४९ जनालाई थुन्ने थुनुवा घर समेत आफूसंग नभएकाले समस्या रहेको समेत शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत चौधरीले बताए ।

रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!