बिद्यार्थी तान्दै यार्सापाटन,बिद्यालयमा बिद्यार्थी घटे !

त्रिपुराकोट(डोल्पा) १८ बैशाख
बहुमुल्य जडीबुटी यार्सागुम्बा सिजन सुरुभएसँगै हिमाली जिल्ला डोल्पाका अधिकाशं बिद्यालयहरुमा बिद्यार्थी सङ्ख्या घटेको छ ।
यस बर्ष जेठ एक गते भित्रै यासागुम्बा पाटनहरु खुला गरिने भएपछि बिद्यालय जान छाडेर बिद्यार्थीहरु यार्सागुम्बाका संकलनकाृ पुर्व तयारीमा जुट्न थालेपछि डोल्पाका बिद्यालयहरुमा बिद्यार्थी सङ्ख्या दिनप्रतिदिन घट्दै गएको हो ।
नियमित कक्षा छाडेर बिद्यार्थीहरु यार्सागुम्बा संकलनकालागि धमाधम उच्च हिमाली पाटनहरु जान थालेकाले तल्लो डोल्पाका अधिकांश बिद्यालयहरुमा बिद्यार्थी सङ्ख्या घटेकाछन् ।
तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने मालिका माध्यामिक बिद्यालय नर्कुका प्रधानाध्यापक दिपक गुरुङका अनुसार धेरैजसो बिद्यार्थीहरु यार्सागुम्बा संकलनकालागि पाटनतिर लागिसकेका छन्,एक हप्ता अगाडीसम्म खचाखच हुने कक्षाहरु बिद्यार्थी नहुँदा पातलिँदै गएकाछन्,।
धेरै बिद्यार्थी पाटनतिर लागिसकेको र भएका बिद्यार्थीहरु पनि यार्सागुम्बा टिप्ने तयारीमा जुटेपछि बिद्यालयको पठनपाठन समेत प्रभावित भएको उनले बताए ।
त्यस्तै मध्ये डोल्पाका धेरैजसो आधारभुत र माध्यामिक बिद्यालयमा पनि बिद्यार्थीसङ्ख्यामा कमी आएको छ ।
त्रिपुराकोट माध्यामिक बिद्यालय मद्धुका आधारभुत र माध्यामिक तहका कक्षाहरुमा पनि दश प्रतिशत जती बिद्यार्थी घटेको बिद्यालयले जनाएको छ ।
बिद्यार्थी सङ्ख्या घट्दै गएपनि पठनपाठन संञ्चालन भईरहेको शिक्षक शोभाकान्त पौढेलले जानकारी दिए ।
शिक्षकहरु बिद्यालयमा दैनिक उपस्थित भईरहेकाले बिद्यार्थी नियमित आए शिक्षकहरु पढाउनकालागि तयार रहेको समेत उनले बताए।
सदरमुकाममा रहेको सरस्वती मावि दुनै र आदर्शमा मावि जुफालमा भने बिद्यार्थीको सङ्ख्यामा कमी आएको छैन् ।
सरस्वती मावि दुनैमा पनि प्रहिलो त्रैमासिक परीक्षाको तयारी भईरहेकाले बिद्यार्थीङख्या नघटेको प्रधानाध्यापक सत्यनारायण सिँहले जानकारी दिए ।
जेठ एक गते देखि यार्सागुम्बा पाटनहरु खुला गर्ने भएपनि जेठ दुई गते देखि पहिलो त्रैमासिक परीक्षा राखेकाले पनि अहिलेनै बिद्यार्थीहरुको उपस्थितिमा कमी नभएका आदर्श मावि जुफालका प्रधानाध्यापक पुर्ण बहादुर डाँगीेले जानकारी दिए ।
जेठ पहिलोसाता देखि भने सबै बिद्यार्थीहरु यार्सागुम्बा संकलनकालागि पाटनतिर जाने भएकाले डोल्पाका सम्पुर्ण बिद्यालयहरु बन्दहुने गर्दछन् ।
प्रत्येक बर्ष जेठ देखि असारसम्मको एक महिने अवधिमा चल्ने यार्सासिजन डोल्पाली बिद्यार्थीहरुको आम्दानीको भरपर्दो स्रोत मानिँदै आएको छ ।
जनप्रभा मावि लिकुमा यार्सागुम्बा सिजन सुरुभएपछि पहिलेको तुलनामा बिद्यार्थीहरुको नियमिततामा कमी आएको शिक्षक भगिरथ भट्टले जानकारी दिए ।
यार्सागुम्बा संकलन गरेरै डोल्पाली बिद्यार्थीहरुले बर्षभरीको पढाईखर्च जुटाउने भएकाले पनि प्रत्येक वर्षको यार्सागुम्बा सिजन डोल्पाली बिद्यार्थीहरुको लागि आर्कषण बन्दै आउने गरेको छ ।
बिगतका वर्षहरुमा जेठको दोश्रो साताबाट खुला गरिदै आएका डोल्पाका यार्सागुम्बायुक्त हिमपाटनहरु यो वर्ष भने जेठ १ गतेबाटै खुला गरिने भएका छन ।
बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्नको लागि यत्तिखेर डोल्पाली बिद्यार्थीहरु मात्र होइन छिमेकी जिल्ला जाजरकोट जुम्ला लगायत सुर्खेत दैलेख नेपालगन्ज र रामेछाप जिललाहरुबाट समेत यार्सागुम्बा संकलकहरु डोल्पाका पाटनहरुमा जानको लागि आउने क्रम शुरु भएको छ।
शेक्षिक पात्रोमा यार्सासिजनमा औपचारिक बिदा नभए पनि डोल्पाका बिद्यालयहरुमा यार्सागुम्बा सिजन संगै बिद्यार्थीृ घट्ने गरेको र धेरै बिद्यार्थी पाटनमा थोरै बिद्यार्थीृ मात्र बिद्यालयमा आउने गरेको पढाई नियमित गराए धेरे बिद्यार्थी छुट्ने भएकाले पनि यार्सासिजन भर डोल्पाका बिद्यालयहरु अघोषित रुपमा झण्डै एक महिना सम्म बन्द हुने गरेको जिल्ला शिक्षा समन्वय समितिले बताएको छ ।
रामचद्र न्यौपाने










