“दुनै प्रिमियरलिग”को उपाधी दुनै कोब्रालाइ

दुनै(डोल्पा) १८ बैशाख

दुनै प्रिमियर लिगको उपाधी दुनै कोब्राले हात पारेको छ । दुनै प्रिमियर लिगको पाचौं सस्करणमा जिल्ला प्रहरीलाइ २७ रनले हराउदै कोब्रा लिगकको बिजेता बनेको हो । बिजेता दुनै कोब्राले नगद ३० हजार,मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेताले १० हजारमा चित्त बुझाएको छ ।

करिव १० दिन सम्म चलेको लिगमा ४ वटा टिमले सहभागिता जनाएका थिए । फाइनलमा पुगेको नेपाल प्रहरी र दुनै कोब्राको खेलमा टस हारेर कोब्राले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ५ वीकेटको क्षेतिमा १ सय ५५ रन बनाउदै पहिलो ईन्नीङ सकिएको हो ।

जवाफि ब्याटिङमा उत्रिएको नेपाल प्रहरीले ७ वीकेटको क्षेतिमा १२८ रन बनाउन सफल भयो । लिगको बिजेताको दाबेदार मानिएको नेपाल प्रहरी फाइनलमा भने अनुसार खेल प्रर्दशन नगर्दा खेलको उपबिजेतामा चित्त बुझाउनु परेको हो ।

फाइनल खेलमा दुनै कोब्राका कप्तान अपार गूरुङ्गले ५४ रनको अर्धसतक खेलेका थिए । त्यसै गरि प्रिमियर लिगको खेल अबधिभर सर्वाधिक छक्का,सर्वाधिक रन र सर्वाधिक वीकेटर पनि कप्तान गूरुङ्गनै भएको आयोजकले जानकारी दिएको छ । उनले २७२ रन,१५ वीकेट र २३ छक्का प्रहार गर्दै उत्कृष्ठ खेलाडीमा परेका हुन ।

डोल्पाका खेलाडीको मनोवल बृद्धि गर्दै राम्रा खेलाडी उत्पादनको लागि हरेक बर्ष दुनै प्रिमियर लिगकको आयोजना गर्न लागिएको आयोजकका प्रमुख क्षितिज गूरुङ्गले बताए । उनले भने यसै बर्ष दुनै प्रिमियर लिग (डिपिएल)को छैटौ संस्करण ययै बर्षको भाद्र महिनामा हुन्छ यसले खेलाडीमा उत्साह जागेको छ ।

गूरुङ्ग होटेल,ओमपार रेष्टुरेण्ट,दुनै भ्याली क्लब र अन्य बिभिन्न निकायको सहयोगमा दुनै प्रिमियर लिगकको पाचौ संस्करणको आयोजना गरिएको थियो । जिल्ला खेलकुद बिकास समितिले चासो नदिएको खेलाडीहरुको आरोप छ ।

रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!