पुर्व शान्ति मन्त्री पहाडीको पहलमा डोल्पामा पहिलो पटक पाठेघरको नि–शुल्क शल्यक्रिया शिविर सुरु

त्रिपुराकोट(डोल्पा) १४ बैशाख
डोल्पामा पहिलो पटक पाठेघरको नि–शुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।

पुर्व शान्ति मन्त्री तथा बर्तमान प्रतिनिधि सभा सांसद सत्या पहाडीको पहलमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र नेपाल सरकारको संयूक्त आयोजनामा प्रतिष्ठानले डोल्पामा पहिलो पटक महिलाको पाठेघरको शल्यक्रिया शिविर सुरु गरिएकोे हो ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सिनेट सदस्य समेत रहनुभएकी पुर्व शान्ति मन्त्री पहाडी बिशेषज्ञ डाक्टर सहित सुक्रबार डोल्पा पुग्नुभएको हो ।
बेहोस बनाउने बिशेषज्ञ,बालरोग बिशेषज्ञ,महिला तथा स्त्रीरोग बिशेषज्ञ र सामान्य चिकित्सक बिशेषज्ञ सहित ४ जना बिशेषज्ञ र अन्य चिकित्सक सहित ७ जनाको बिशेष टोलिले पहिलो पटक डोल्पामा नि–शुल्क शल्यक्रिया गर्न लागेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान डोल्पाका मेडिकल सर्जन डाक्टर अनुपमंगल समालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्गम डोल्पामा प्रतिष्ठानले महिलाहरुकै पाठेघरको समस्यालाइ शल्यक्रिया गर्ने उद्धेश्यले नि–शुल्क शिबिरको आयोजना गरिएको हो ।
पाठेघरको नि–शुल्क शल्याक्रिया शिबिरमा जिल्लाका १० जना महिलाको शल्याक्रिया हुने डाक्टर समालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ७ जना आज सम्म सम्पर्कमा आएको र अन्य पाठेघर पिडित महिला शिबिरिको अबधिभरमा आएमा उनीहरुको पनि शल्यक्रिया गरिने छ ।
शिविर अवधिमा शल्यक्रिया गर्ने महिलाहरुले मात्र नभएर अन्य पाठेघर सम्बन्धी सेतो पानि बग्ने,गन्हाउने पानि बग्ने लगाएतका अन्य थुपै्र समस्याहरुको पनि निशुल्क उपचारहुने बताईएको छ ।

लाखौ रुपैया खर्च गरेर शहरका महगा अस्पतालमा उपचार गर्न नसक्नेबेलामा जिल्लामै नि–शुल्क शल्यक्रिया हुने जानकारी स्वास्थ्यकर्मिले दिए पछि घरको सबै काम थाति राखेर जिल्ला अस्पतालमा पुगेको काईके गाउपालिका ५ कि ४७ बर्षिया छिरिङक्यामु रोकायाले बताउनुभयो ।

८ वटा सन्तान जन्माए ३ को मृत्यू भयो ५ वटा संगै छन पहिलो बच्चा जन्मने बितिकै पाठेघरको समस्या आयो रोकायले भन्नुभयो ।
जिल्ला अस्पतालमा पहिलो पटक नि–शुल्क पाठेघरको शल्यक्रिया हुने भए पछि जिल्लाका गाँउगाँउबाट पाठेघरका समस्या भएका महिलाहरु र अन्य चेकजाच गराउने महिलाहरु जिल्ला अस्पताल पुगेका छन ।

हिमाली जिल्लाका महिलाहरुलाइ कामको अत्याधिक भार, असन्तुलित खानपान र धेरै बच्चा जन्माउने भएकाले डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलाहरु पाठेघरका समस्या भोगी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!