संकटा संकल्प


सत्य पहाडी ( सांसद ,पुर्व शान्ति मन्त्री तथा साहित्यकार )
सपनाको रक जंघार तरेर
विपनाको फुलबारी सजाउँन
जिम्माको झोला बोकेरै
म आफ्नो आगमनमा डुलीरहेथ्यो
उहि बखत
एकै छिन मेरो हिमाल काम्यो
अनन्त , अन्धकारको कालो छाया
तनावको स्मृती बनेर
मस्तिष्कमा सपनाहरुको कल्पनामा
एक टकले रोकियो तन
परै ,परै सपनाको सिर्जना उछिटियोँ ।
वन्द परेलाहरु
धुलाम्या हुँदै सावन वनेर निमेश्मै खुले
कठोर विरासत जस्तै
ईतिहास बनिसकेथ्यो धरहरा
पुख्यौलि स्तम्भमा
केवल स्मृतीमा मात्र सक्लो थियो
बेसरी चिमोट्थ्यो मुटु
रोएन्न आँखाहरु
धर्ती आकाश रोयो
प्रकृतिको बप्रपातले भत्कायो मनहरु
जीवन चुडेको , त्यो कालो दीन
घाउँ , वर्सीएको त्यो पिडाको दीन
रोदन, कन्दन र भावहिल्ता भित्र निरुन्तर धर्कीरहेछ धर्ती
निरन्तर चर्कीरहेछ छाती ,महाप्रलय झै महासंकट
मरुभुमिको तिर्खा झै , उद्धार , अपेक्षा सहानुभुति
खोजि घुम्नेहरुको , उ आउँला कि कत्तै ?
खै कसरी बस्नु र त्यो अनिष्टता
मात्र भग्नाशेषहरु , बाँकी सझानाका सेयहरु
उज्याँलो गोधुली झै , सदा बिलय झै
जीवन ओईलिए झै
आशाहरु विलाएझै
निभेकै छैन चित्ता
न त सुक्यो रगत
एक कहाली लाग्दो क्षण ्
हजारौ हजार कोपिलााहरु मुझाएरै
सयौँ झविश्यहरु जल्न जति जले
न त रोए उनीहरु
न त प्रल्य संगै पटारिए उनीहरु
माटोको पहिचान झै
शेकलाई शक्तीमा वदलेर
बरु लडे संकटहरु संग
आँशु पुछेर संकल्पमै जोडे , हातहरु ,हातहरु संग
अविस्मरणीय निशाचार नाघे
अकल्पनिय संकटको जंघार तरे
आफ्ना पर्खाको ईतिहास वोक्नेहरुले
एउटा अठोट गरे
हो सपनाको , घरहरा हामी वचाउने छौँ
पिडाहरु पचाएर फलामहरु चपाउँने छौँ
प्राणलाई प्रतिवद्धतामा दाउँ दाउँ लगाउँदै
भन्थे हो सपनाको धरहरा हामी वचाउने छौँ ।








