शारिरिक अशक्त विधार्थीको भान्सा कोठा निमार्ण सुरु

लेख बुढा, डोल्पा 

अपाग भएका विद्यार्थीहरुको लागि भान्सा कोठा निर्माण कार्य सुरु गरिएको छ । मिशन नेपाल डोल्पा र अन्य सहयोगी सँघ सस्थाहरुको सहयोगमा मंगलबार देखि मुकुटेश्वर अपागँ सेवा समिति दुनैका फरक क्षमता भएका विधार्थीहरुको लागी भान्सा कोठाको निर्माण कार्य सुरु गरिएको हो । विगतका दिन देखि मुकुटेश्वर अपाग सेवा समितिका भवनमा फरक क्षमता भएका शारिरीक असक्त भएका १८ जना विद्यार्थीहरु बस्दै र पढ्दै आईरहेका छन् । धुव्रतारा आधारभुत विधालय उपल्लो दुनैको स्रोत कक्षाबाट हाल मुकुटेश्वर अपागँ सेवा समितिमा कक्षा १ देखि कक्षा ४ सम्म पढाई हुदै आएको थियो । अपागता भएका विधार्थीलाई पढ्ने कक्षा कोठा र शिक्षकको व्यवस्था नहुदा समस्या उत्पन्न भएको मुकुटेश्वर अपागँ सेवा समितिले जानकारी दिएको छ ।
मुकुटेश्वरका अपागँ शारिरिक असक्त विद्यार्थीहरुको कक्षा कोठाको उचित व्यवस्था मिलाउनको लागी मिशन नेपाल डोल्पा र जिल्लाका अन्य सँघ सस्थाको सहयोगमा आज मंगलबार देखि आवश्यक भान्सा कोठा र खानेपानी निर्माणको काम सुरु गरिएको मिशन नेपाल डोल्पाका संयोजक ओमेन्द्र केसीले बताए । भान्सा कोठाको निर्माण कार्य मंगलबार देखि सुरु गरिएको छ ।मुकुटेश्वर अपाग सेवा समितिको भवनमा डोल्पा जिल्लाका विभिन्न ठाउँका टुहुरा,असक्त,बालबालीकाहरु बस्दै पढ्दै आईरहेका छन । खानेपानी र भान्साकोठा पढ्ने कक्षा कोठाको व्यवस्था नहुदा भान्सा कोठाको प्रयोग गरिएको नजिकैको कोठा १ देखि ४ कक्षा सम्मका बालबालीका एउटै कक्षाकोठामा पढ्दै आईरहेका छन । भान्सा कोठा सगैँ ,पढ्नको लागि नजिकैको तरकारी पसलका लागि निमार्ण गरिएको तीन कोठे भवनमा कक्षा कोठाको व्यवस्था मिलाउने,कक्षा कोठा भित्र चाहिने सवै सामग्रीहरु किर्डाक नेपाल डोल्पाले उपलब्ध गराउने,कक्षा कोठाको व्यवस्थापन गरिने कुरा भएको मिशन नेपाल डोल्पाका सयोजक ओमेन्द्र केसीले बताउनु भएको छ ।

 




सम्बन्धित समाचार


error: Content is protected !!