नगरपालीकाको केन्द्र सारेको भन्दै दुनैबजारमा आन्दोलन

लेख बुढा डाेल्पा
बैशाख ५, ठुलीभेरी नगरपालीकाको केन्द्र जालसाजी दुनैबाट जुफाल कायम गरिएको भन्दै बुधबार साझँ दुनै बजारमा स्थानिय बासिन्दा व्यवासयीहरुले मेयर विरुद्ध आन्दोलन गरेका छन । यहि फागुन १४ गते ठुलीभेरी नगरपालीकाको केन्द्र दुनैबाट जुफाल कायम गरिएको राजपत्रमा प्रकाशीत भएपछी दुनैका स्थानिय बासिन्दा गत फागुन १६ गते देखि विभिन्न किसिमका आन्दोलन गर्दै आईरहेका छन । बुधबार साझँ दुनैबजारमा ठुलीभेरी नगरपालीकाका मेयर गनेश बहादुर शाहीले जालसाजी गरेर झुक्यायर नगर केन्द्र जुफाल लगीएको भन्दै नगर केन्द्र दुनैमा नहुन्जेल विभिन्न चरणका आन्दोलन गर्ने सँर्घष समितिका सँयोजक हिक्मत शाहीले बताउनु भएको छ । दुनैमा पुराना भौतीक सँरचनाहरु धेरै भएकोले राज्यलाईनै भौतीक सँरचना निर्माणमा धेरै भार नपर्ने भएकोले केन्द्र दुनैमा नै हुनु पर्ने सँघर्ष समितिका सँयोजक शाहीले बताउनु भयो । अर्कोतर्फ भने मेयर गनेश बहादुर शाहीले नगरपालीकाको केन्द्र नगर परिषदले नै गरेको र सिँहदरबार गाउगाउँमा भनेकोनै सरकारकाले सहि निर्णय गरेका बताउनु भएको छ । अर्को पक्ष उपमेयर योगेन्द्र बहादुर शाहीले पक्षले भने गत असार ३१ गतेको नगरपरीषदले विकास निर्माणका योजना नर्जुमाको निर्णय गरेको तर मेयरले आफुहरुलाई झुक्यायर नगर पालीकाको केन्द्र दुनैबाट जुफाल सारेको आरोप लगाउनु भएको छ ।
ठुलीभरी नगरपालीकाको केन्द्र दुनैमा माग गर्दै उपमेयर योगेन्द्र बहादुर शाही पक्षले सर्वोचोमा निबेदन दिएपछी हाल उक्त मुद्धा विचाराधीन अवस्तामा रहेको छ । नगरपालीकाको विवाद सुल्जाउनको लागी ठुलीभेरी नगरपालीकाका सम्पुर्ण जनप्रतिनिधिहरु राजधानी तिर केन्द्रीत भएका छन । ठुलीभेरी नगरपालीकाको कार्यलय हाल वडा नं ८ मा मयर पक्षको एउटा नगर कार्यलय छ भने अर्को वडा नं ३ दुनैमा उपमेयर पक्षको कार्यलय रहेको छ । ठुलीभेरी नगरपालीकामा नगर केन्द्रको विवाद हुदा वडा नं ३ लगायत अन्य वडाका विकास निमार्णका कामहरु सम्झौता तथा निकार्ण कार्य अगाडी बढ्न सकेको छैन ।





error: Content is protected !!