विद्यार्थी भर्ना अभियानको शुरुवात मेहनत गरेर पढेकालाई रोजगारीको चिन्ता छैन – मन्त्री बस्नेत

हे
मन्त के सी
जाजरकोट ५, बैशाख ः – बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बालबालिकालाई विद्यालयमा भर्ना गरेर विद्यार्थी भर्ना अभियानको शुरुवात गरेका छन् । बुधबार मन्त्री बस्नेतले शिव माध्यमिक विद्यालय कालेगाउमा एक बालक र एक बालिकालाई भर्ना गरेर अभियानको शुरुवात गरेका हुन् ।
मन्त्री बस्नेतले भेरी नगरपालिका १ का प्रमोद रावतलाई १ कक्षा र सर्मीला विक लाई ७ कक्षामा भर्ना गरेर अभियानको शुरुवात गरेका हुन् । उनले भर्ना संगै ती बालबालिकालाई पाठ्यपुस्तक र शैक्षिक सामाग्री समेत उपलब्ध गराएका छन् । विद्यार्थी भर्ना अभियान कार्यक्रममा मन्त्री बस्नेतले प्रत्येक ब्यक्तिले १ विद्यार्थीलाई अनिवार्य भर्ना गर्नुपर्ने सामाजिक दायित्व भएको बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि शिक्षक तथा विद्यार्थीमा मेहेनेत तथा इच्छाशक्तिको खाँचो भएको बताउदै मन्त्री बस्नेतले हरेक दिन विद्यार्थीले एउटा नयाँ कुरा अनिवार्य सिक्नु पर्ने बताउनुभयो । उहाँले एक÷दुई जना विद्यार्थी भर्ना गर्नमा मात्र यो अभियान सिमित नभै गुणस्तरी शिक्षा प्राप्तीका लागि कुनै पनि बालबालिका बन्चित नहुने अवस्थाको ग्यारिण्डी हुनु पर्नेमा जोड दिनुभयो । ‘कुनैपनि बालबालिका विद्यालय बाहिर रहने अवस्था सृजना नहोस्,’ मन्त्री बस्नेतले भन्नुभयो । शिक्षामन्त्री बस्नेतले पढेर रोजगारी पाईदैन भन्ने चिन्ता नलिन विद्यार्थीहरुलाई सुझाए । ‘मेहेनेत गरेर पढ्नुहोस् रोजगारीको चिन्ता छैन,’ उहाँले भने – पढ्न नपाएकालाई पढाउने र रोजगारीको ग्यारिण्टी गर्ने काम सरकारको हो’ ।
देशै भरी विद्यार्थी भर्ना अभियान संचालन भैरहेको वेला जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समुन्वय ईकाई जाजरकोटले पनि जिल्लाका ४ सय ४८ विद्यालयमा विद्यार्थी भर्ना अभियान संचालन गरेको छ । ईकाईले ‘हामी सबै ईच्छा अनिवार्र्य निशुल्क आधारभुत शिक्षा, विद्यालय उमेरका सम्पुर्ण बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गरौं, बालबालिकाको शिक्षा प्राप्तीको अधिकार सुनिश्चित गर्न जिम्मेवार बनौं’ भन्ने मुल नाराका साथ जिल्लाबासीमा विद्यार्थी भर्नाको लागि सार्वजनिक सूचना समेत गरेको छ । विद्यालय जाने उमेर समुहका ८० हजार वालवालिका मध्ये ४ हजार ५ सय विद्यालय भन्दा वाहिर रहेको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताउनुभयो । यस्ता बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकारको सुनिश्चिचताका लागि सरोकारवाला सबैले प्रचार प्रसार गरेर सयोग गरीदिन सम्पुर्णमा अनुरोध गरेको सिंहले बताउनुभयो । जिल्लाभरका विद्यँलयमा बुधबारसम्म २५ प्रतिशत विद्यार्थी मात्र भर्ना भएको उनले बताए । शिक्षक दरवन्दिको अभाव, भौतिक पूर्वाधारको कमी, अमर्यादित परीक्षा प्रणाली, पठनपाठनमा नियमितता नहुनु लगाएत चुनौतीका कारण शैक्षिक गुणस्तर बृद्धीमा समस्या आएको सिंहले बताउनुभयो । जिल्लामा ७ सय २ शिक्षक कम भएको र १ सय ५० विद्यालय शिक्षक दरवन्दि विहीन रहेको उहाँले बताउनुभयो ।
जनतामा परिवर्तनको अनुभुति हुनु पर्छ –मन्त्री बस्नेत
बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले राजनितिक ब्यबस्थाको परिवर्तन पछि जनताको अबस्थामा परिवर्तन आउनु पर्ने बताएका छन् । जनतामा परिवर्तनको अनुभुति भएन भने वर्तमान राजनितिक ब्यबस्था प्रति पनि अविश्वास बढ्ने उनले बताए । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । राजनितिक परिवर्तन संगै जनताको सामाजिक तथा आर्थिक जीवनमा परिवर्तन जरुरी भएको बस्नेतले बताउनुभयो । जनताको अवस्थामा परिवर्तन नगरेर समृद्धीको खोजी गर्न नमिल्ने मन्त्री बस्नेतले बताउनुभयो । ४५ प्रतिशत बनजंगल रहेको नेपालमा ६० प्रतिशत काठ भारतवाट आपुर्ती गरेर प्रयोग गर्नु पर्ने वाध्यता रहेको उनले बताए । उनले बनको सदुपयोगका साथै बृद्धीमा पनि जोड दिने बताउनुभयो । बन जंगलबँट देखिने गरेर रोजगारी सृजना गर्ने उहाँले बताउनुभयो । वातावरण विकास वाधक नहुनु पर्ने बस्नेतले बताउनुभयो । बनजंगलको सदुपयोगले बनक्षेत्र घट्छ भन्ने परम्परागत सोच मात्र भएको मन्त्री बस्नेतले बताउनुभयो । जाजरकोटमा उपलब्ध प्राकृतिक श्रोत साधनबाट स्थानीय जनताले लाभ लिन नसकेको उहाँले बताउनुभयो ।
बन क्षेत्र घट्न नदिएर उक्त क्षेत्रको कसरी वहुआयामिक उपयोग गर्ने भनेर मन्त्रालय लागी गरेको बस्नेतले बताउनुभयो । रोजगारी तथा जिविकोपार्जनका लागि बनक्षेत्रको सदुपयोग गर्नु पर्ने उहाँले बताउनुभयो । बन नितिलाई गरीवमुखी बनाउन लागेको उहाँले बताउनुभयो । अर्को प्रसंगमा मन्त्री बस्नेतले वर्तमान सरकार वलियो भएकोले आगामी ५ बर्षमा देखिने गरी जनताको विकास तथा समृद्धी हुने बताउनुभयो ।










