उपभोक्तालाई तालिम

लोकेन्द्र शाही
जाजरकोट ः कामलाई छिटो,छरितो र दिगो बनाउँनका लागि यहाँको नलगाड नलगरपालिकाले उपभोक्तालाई तालिम दिएको छ ।
नलगाड नगरपालिका भित्र रहेको सवै उपभोक्ता समितिमा बसेका स्थानीयलाई तालिम दिन सुरु गरेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।
१ देखि १३ वटा वडाकामा भएका विकास निर्माणको अनुगमण संगै उपभोक्ता समितिलाई काम गर्ने तरिका र दिगो विकासको अवधारणका साथ तालिम दिईएको हो । तालिम पाएपछि उपभोक्ता समितिका सदाधिकारीले काम गर्ने शैलिका विषयमा नौलो प्रयोग भएको भन्दै खुसी व्यक्त गरेका छन् । ५ सय भन्दा बढी उपभोक्ताहरु तालिममा सहभागि भएको रावलले बताए ।
सन्तोषजनक काम नभएका ठाउँमा कामको समिक्षा सहित दिगो विकासको अवधारण सहितको छलफल गरि पुर्न निर्मार्ण गर्न लगाएको प्रमुख राववले जानकारी दिए । तालिममा नगरप्रमुख , प्रशाषकिय अधिकृत, ईन्जिनियर लगाएतको उपस्थिती रहेको छ ।










