जाजरकोटको पुरानो कला, संस्कृति काठमाण्डौं सभागृहमा प्रदर्शन गरिने

विकट र गरिवी बिम्बले निचिनिएको जाजरकोटको परिचयलाई विस्तारै बदल्ने कोशिसमा एक थरि युवा, युवतीहरु लागि परेका छन्। कलाकार, साहित्यकार, पत्रकार, नेताहरुको आँखामा विपन्नको विम्बले सिङगारिएको जाजरकोट जिल्लाको चिनारीका रुपमा रहेका ऐतिहासिक रैथाने विराट लोक नृत्य तथा संस्कृतिहरु राजधानी काठमाण्डौंमा यहि चैत २१ गते प्रदर्शनी गरिने भएको हो ।काठमाण्डौंमा बसेर सामाजिक क्षेत्रमा काम गर्दै आएका जाजरकोटका युवा युवतीहरु जिल्लाको परिचय बदल्न उक्त प्रदर्शनी गर्ने भएका हुन् ।

जिल्लाको परिचयलाई बदलेर पर्यटन प्रवद्र्धनमा योगदान गर्न रैथाने लोक नृत्यलाई राष्ट्रियकरण गर्नका लागि काठमाण्डौंको सभागृहमा प्रर्दशनी गरिने आयोजकले जानकारी दिएको छ । कर्णाली प्रदेशको जाजरकोटका ऐतिहासिक विषय वस्तु राजधानीमा गरिने प्रदर्शनले जिल्लाको परिचय रुपमान्तरण गर्नमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ । उक्त प्रदर्शनीमा अबोलकनकर्ताहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

प्रदर्शनीका लागि सभागृहमा गरिने तयारीका काम सबै पुरा भईसकेको प्रदर्शनी मुल आयोजक समारोहका संयोजक पार्वती थापाले जानकारी दिईन । उनले काठमाण्डौमा प्रदर्शनी गरिने ख्याली, पैसेरी र खाँडो नाँचका कलाकारहरु जाजरकोटवाट काठमायडौंको लागि हिडिसकेको र भोलीनै सबै काडमाण्डौंमा पुगी सक्ने जानकारी दिईन ।




सम्बन्धित समाचार


error: Content is protected !!