बालमैत्री नगर बनाउँन जनप्रतिनीधिहरुको गरे १६ वुद्धे प्रतिबद्धता

जाजरकोट । छेडागाड नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन जनप्रतिनीधिहरुले १६ बुँदे सार्वजनिक प्रतिबद्धता जाहेर गरेका छन् । ‘बालअधिकार संरक्षण सम्बन्धि राष्ट्रिय÷अन्तराष्ट्रिय व्यवस्था र स्थानिय सरकारको भुमिका’ विषयक २ दिने अभिमुखीकरणको समापन कार्यक्रममा जनप्रतिनीधिहरुले १६ बुँदे सार्वजनिक प्रतिबद्धता जाहेर गरेका हुन् ।
छेडागाड नगरपालिका भित्रका बालबालिकाको समृद्ध भविष्य निर्माण गर्न तथा बाल बिकासमा लगानी अभिवृद्धि गरि बालमैत्री वातावरणको निर्माण गर्न जनप्रतिनीधिहरुले १६ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् ।
जनप्रतिनीधिद्धारा जाहेर गरिएको प्रतिवद्धतामा नगरपालिका भित्र जोखिममा रहेका बालबालिकाहरुको तथ्याकं संकलन, विश्लेषण र अध्यावधिक गर्ने पद्धतिको स्थापना गर्नेछौं, नगरपालिकाको योजना नीति, निर्माण प्रक्रियामा बालबालिकाको अर्थपुर्ण बाल सहभागिताको सुनिश्चित गर्नेछौं, स्थानीय तहमा प्राप्त हुने कुल पुँजीगत अनुदानको कम्तिमा १० प्रतिशत बजेट बालबालिकालाई प्रत्यक्ष फाइदा पुग्ने योजना तथा कार्यक्रमहरुमा बिनियोजन गरि प्रभाबकारी रुपमा कार्यक्रम सञ्चालन गर्नेछौं भनिएको छ ।
बालमैत्री स्थानीय शासन अवलम्बन गर्दै नगरपालिका अन्तरगतका वडाहरुलाई बालबिवाह मुक्त, अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा, पुर्णखोप, पुर्ण जन्मदर्ता, पुर्ण शाक्षर लगायतका बालमैत्री स्थानीय शासनका सुचक पुरा गरी बालमैत्री वडा घोषणा गर्नेछौं उक्त प्रतिबद्धता पत्रमा भनिएको छ ।
बालबालिकाको सर्वाङ्गीक विकासका लागि नगरपालिका तथा वडाले बालमैत्री वातावरण तयार गर्न महत्वपुर्ण भुमिका खेल्नुपर्ने नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख बालकृष्ण बुढाले बताए । खराव प्रवृतिसंगको लडाई जित्नका लागि प्रयोग गरिने हतियार बुद्धी, विवेक, सकारात्मक धारणा, धैयर्तामा रहनुपर्ने भन्दै प्रतिवद्धताको कार्यान्वयनका लागि सबैको सहयोग तथा तत्परता आवश्यक पर्ने नगर प्रमुख लालबहादुर महतराले बताए । नगरपालिकाको आगामी निती तथा योजना निर्माणका क्रममा बालबालिकाको आवश्यक्ताहरुलाई पहिला प्राथमिकताको सुचीमा राखेर कार्य प्रकृयालाई संस्थागत गर्दै समृद्ध बालमैत्री नगरपालिका निर्माण गरिने प्रमुख महताराको भनाई रहेको छ ।
बालबालिकामा हुने सबै प्रकारका हिंसा, दुव्र्यवहार, शोषण अन्त्यका लागि बाल सम्बेदनशिल नीति तथा योजना निर्माण र कार्यान्वयन गर्दै वडा तथा नगरलाई बालमैत्री बनाउन छेडागाड नगरपालिकाका जनप्रतिनिधिहरुले लिखत रुपमा १६ बुदे प्रतिवद्धता जारी गरेका थिए ।








