निर्मानाधिन पुलबाट खसेर घाइते मदजुरको उपचारका क्रममा मृत्यू

जाजरकोट , जाजरकोट — डोल्पा सडक खण्ड अन्तरर्गत वैरीताल ,चिसापानि बीचमा रहेको भेरी नदीमा निर्माण कार्य भइरहहेको पुल बाट लडेर घाईते भएका मजदुरको उपचारका क्रममा मृत्यू भएको छ ।
पुलबाट खसेर गम्भीर घाईते भएका बारा गढीमाई नगरपालिका १५ का २५ बर्षीय सुर्य लामाको उपचारको क्रममा जाजरकोट जिल्ला अस्पताल बिहिवार राती मृत्यू भएको हो । चैत्र ११ गते लामा पुल निर्माणको काम गर्दा लडेर घाईते भएका थिए ।
मृतक लामाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।










