संसद्‍मा राष्ट्रपतिको सम्बोधन राजनीतिक संक्रमणकालको अन्त्य भयो, अब आर्थिक समृद्धि

काठमाडौं ,पहिलो पटक संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा राजनीतिक संक्रमणकालको अन्त्य भएर आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताएकी छिन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो संयुक्त ऐतिहासिक बैठकलाई पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्थानीय तह, प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव सम्पन्न भएसँगै देश राजनीतिक संक्रमणकालबाट मुक्त भएको बताएकी हुन् । उनले अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताएकी छिन् ।

‘संविधान बमोजिम स्थानीय तह, प्रदेशिक र संघीय जनप्रतिनिधि संस्थाको निर्वाचन सम्पन्न भइसकेको छ । स्थानीय, प्रादेशिक र संघीय सरकारको गठन भइसकेको छ । राजनीतिक संक्रमणकालको अन्त्य भइ देश स्थायित्वको बाटोमा प्रवेश गरिसकेको छ’, राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै भनिन्, ‘देशलाई यस अवस्थामा ल्यायपुर्याउन नेपाली जनताले विगतमा सञ्चालन गरेका गाथाको स्मरण गर्दै सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’





error: Content is protected !!