केन्द्र सरकारले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

हेमन्त के सी
सुर्खेत । कर्णाली प्रदेशमा थोत्रा गाडी केन्द्र सरकारले पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गदै ,चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुँन् । प्रधानमन्त्री कार्यालयबाट वा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिएको छ ।
उपलव्ध गराएको गाडीको अबस्था हेर्दा मर्मत नगरि चढ्न नै समस्या छ । ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्य भएको , एसी नभएको, अगाडीको सिसा फुटेको, ब्याक लाईट नभएको गाडीहरु कर्णाली प्रदेशमा केन्द्र सरकारले कर्णाली प्रदेशलाई पठाउँदा समस्य मात्र भएको हो । केन्द्र सरकारले कर्णाली प्रदेशका लागि ११ वटा गाडी उपलव्ध गराएको छ । केन्द्रवाट आएका अधिकांश गाडीको अवस्था समस्यै समस्यले गाजिएको मात्र छ । २ वटा गाडी चल्ने अवस्थामा नरहेको बताईन्छ ।
केन्द्रबाट आएको बा झ ९१८८ नम्वरको स्कार्पियो र बा १ झ ३८६९ नम्वरको ल्याण्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा रहेको छ । स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा बिभागबाट पठाएको बा १ झ ३८६९ नम्वरको अर्को गाडी चलाउँने अवस्थामा नरहेको पाईएको छ ।
गाडीको व्यवस्थापनमा सममस्या
केन्द्रले बिग्रीएका र थोत्रा गाडी गाडीहरु मात्र पठाएपछि कर्णाली प्रदेश सरकारलाई गाडीको व्यवस्थापन गर्न समस्या भएको छ । १५ गाडी पठाएको जानकारी आएपनि ३ वटा अझै यहाँ नपुगेको मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका शाखा अधिकृत यूवराज न्यौपानेले बताए ।
१५ गाडी पठाउँने जानकारी आएपनि तीन वटा गाडी अहिले सम्म नपुगेको बताएकाे छ । आएका मध्ये पनि २ वटा बिग्रीएकाले व्यस्थापनमा समस्य भएको छ । कर्णाली प्रदेशमा अहिले व्यवस्थापनका लागि ३४ वटा गाडी चाहिएको छ । तर केन्द्रले नदिएका कारण प्रदेश सभाका ४ वटा विभिन्न समितिका सभापतीहरु , विपक्ष दलका नेता ,दलका सचेतक , संसदीय दलका नेताहरुलाई समेत सरकारले गाडी उपलव्ध गराउँन सकेको छैन् । त्यस्तै प्रदेशसभा सचिवालयका सचिव,भौतिक पुर्वाधार मन्त्रालयका सचिवलाई समेत गाडी छैन् । प्रदेश सरकारका कतिपय मन्त्री र सचिवलाई जिल्ला तथा क्षेत्रिय कार्यालय संग समन्वय गरेर गाडीको जोहो गरिएको छ ।










