बिकटलाई संमृद्ध बनाउँन दर्जनौँ योजना

हेमन्त के सी
काठमाण्डौँ । कडा भु बनोट भएको कर्णाली प्रदेशको डोल्पामा बिकासका लागि गति बढीरहेको छ । खानेपानि, ,टेलिफोन टावर, बिद्युत, विद्यालय,खाद्य संस्थानका भवन निर्माण गरि सयौँ योजनाहरु कार्यान्वयनमा आएका छन् । जिर्ण संरचनाको पुर्ण निर्माण देखि नयाँ परिवेश सुहाउँदा सयौँ योजनाहरु कार्यान्वयमा रहेको सांसद सत्य पहाडीले जानकारी दिनुभयो ।
कैदीवन्दीहरुको गुनासो सम्वोधन गदै डोल्पामा कारागार निर्माण गरिएको र थप सुधारका लागि काम भईरहेको उहाँले बताउनुभयो । डोल्पाबाट प्राथमिक तह देखि उच्च शिक्षा पढ्नका लागि यहाँका विद्यँर्थीहरु रिण काडेर बाहिर जाँन नपरोस र आफ्नै घर आंगनमा शिक्षा सर्वसुलभ रुपमा उपलव्ध गराउँने उदेश्यले शिक्षा मन्त्रालय , शिक्षा विभाग संग निरन्तर छलफल भईरहेको उहाँको भनाई छ । जिल्लामा अहिले पनि नियमित विद्यालय भवन निर्माणका लागि केन्द्रबाट बजेट पठाउँने काम भईरहेको पहाडीको भनाई छ । स्थानीय सरकार संग समन्वय गदै बिकास निर्माणका काममा ध्यान दिईएको पुर्व शान्ति मन्त्री समेत रहेकी पहाडीले जानकारी दिनुभयो ।
कर्णालीका जनताले तिरेको करबाट राज्य सञ्चालन गर्न हुन्छ भने कर्णालीलाई सवैले एक पटक बिकासका लागि ध्यान दिन उहाँको अनुरोध छ । बिना भएर पनि थाह नपाउँने कस्तुरी जस्तै कर्णालीका जनतालाई केन्द्रिय राज्य सत्ताले ध्यान दिनुपर्ने उहाँको तर्क छ । कर्णालीको डोल्पामा खाद्यान्न आपुर्ती गर्ने उदेश्यले भुकुम्पले थिलो थिलो भएको समयमा पनि हवाई मार्ग बाट खाद्यान्न आपुर्ती गरिरहेको उनको भनाई छ । जिर्ण खाद्य संस्थानका भवनहरु मर्मत तथा बिस्तार पछि राहत महसुस भएको काईगाउँका रामवहादुर बुढाले जानकारी दिनुभयो । सञ्चार सेवा बाट जिल्लालाई जोड्नका लागि ठाउँ ,ठाउँमा डिपिआर काम र नयाँ टावरहरु निर्माण कार्य हुँदा अहिले सञ्चारको समस्य केही हद सम्म सुधार भएको डोल्पाका त्रिपुराकोटका राजवहादुर हमालले जानकारी दिनुभयो ।
जिल्लाका साना ,ठुला खोला तथा नदिमा पुल निर्माण हुँने क्रम जारी रहेको थप पुलका लागि नक्साकंनका काम भईरहेको जिल्ला प्राविधिक कार्यालय डोल्पाले जनाएको छ ।

पुल निर्माणका लागि केन्द्रबाट बजेट थप गर्न सांसद ज्यूलाई अनुरोध गरिएको छ , सायद नयाँ बजेटमा रकम आउँने प्राविधिक कार्यालय डोल्पाले बताएको छ । जाजरकोट डोल्पा सडक निर्माण कार्य जारी रहेको छ । भेरी करिडोरको तिव्रता संगै बिकासको गति बढेको डोल्पाली महसुस गर्न थालेका छन् । जुम्ला मौरे रिमी काईगाउ हुदै त्रीपुराकोट सडक निर्माण योजना ,त्रीवेनी कालिका नर्कु सर्मा काईगाउ सडक,जुम्ला भालु हुदै सर्मी डोल्पा सडक,जुफाल माझफाल बाट रुकुम जोड्ने सडकको काम सुरु भएको छ । कामको जिम्मा लिएका निर्माण व्यावसायी संग कामको गति र समस्यका विषयमा समय ,समयमा छलफल हुँदै आएको सांसद पहाडीले बताउनुभयो । जिल्लामै खाद्यान्न बाली उत्पादन गरि बाह्य आयात रोक्नका लागि उत्पादनलाई व्यवस्थित गर्न सिचाईको उपलव्धता बढाईएको खानेािपन तथा सरसफाई सव डिभिजन कार्यालयले बताएको छ ।
आवश्कताका आधारमा योजना छनोट गरि काम भएको कार्यालयको भनाई छ । हामीलाई भन्दा बढी माग सांसद ज्यू संग जाँने हुँदा आवश्यकताका आधारमा उहाँहरुकै सल्लाहमा योजना छनोट भईरहेको कार्यालयको भनाई छ । दुनै लसिक्याप धो को सडक योजना निर्माण कार्य जारी रहेको छ । जिल्लाको स्वास्थ्य अवस्था सुधार गर्न पहिलो पटक कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कार्यक्रम डोल्पा कार्यान्वयमा ल्याई काम भईरहेको छ । सहज रुपमा सुत्केरी गराउँन लागि बर्थिंग सेन्टर लिकु लागायतका मातृशिशु स्याहारका कार्यक्रमहरु सञ्चालन आएपछि यहाँका स्थानीयवासीले सहजता महसुस गरेको पहाडीले वताउनुभयो । राजनीतिक ईच्छा शक्ति र कर्मचारीको खटनपटन सहि रुपमा भएमा केन्द्रबाट पठाएका बजेटले नतिजा मुखी काम हुँनेमा नागरिक समाज डोल्पाको भनाई रहेको छ ।










