रेविजवाट लाग्न नदिन कुकुरलाई भेक्सिन

जाजरकोट , यहाँको बारेकोट गाउँपालिकाकामा रेविज विरुद्धको भेक्सिन ५ सय २७ कुकुरलाई लगाएको छ ।
पशु पन्क्षि बिकास शाखा नायकबाडा का प्रमुख गोन्दि सिंहका अनुसार कुकुरलाई निशुल्क रेबिज विरुद्धको भ्याक्सिन चैत्र १० गते लिम्सा २०८ कुकुर र १२ गते सक्लामा २५७ कुकुर ,बाटोमा ६२ वटा कुकुर गरि जम्मा ५ सय २७ वटा कुकुरलाई भेक्सिन लगाएको छ । बाँकी छुटेका कुकुरलाई चैत मसान्तसम्म लिम्सा पशु सेवा केन्द्र बाट लगाईने सिंहको भनाई छ ।
गत विभिन्न रोगका १ हजार ८ सय कुकुरलाई खोप लगायको थियो । आफ्नो घरमा पालेको कुकुरलाई तुरुन्त रेविज विरुद्धको भेक्सिन लगाउँनका लागि सेवा केन्द्रमा सम्पर्क गर्न सिंहले आग्रह गनुभयो ।










