कर्णाली प्रदेशको राजधानीमा १८ वर्ष सम्म बनेन सिटी बसपार्क

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सिटी वसपार्क निर्माण अवधारण ल्याएको १८ वर्ष पुरा भएपनि निर्माण कार्य पुरा भएको छैन् । २०५४ सालमा वीरेन्द्रनगर नगरपालिकाकामा सिटी बस पार्क निर्माण गर्नका लागि प्रारम्भिक अध्यय गरी नगर विकास कोषबाट ऋण लिने प्रक्रिया पनि त्यसैबेलाबाट सुरु गरिएको थियो । २ वर्ष ६ महिनामा निर्माण गरि नगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता गरिएको भएपनि तोकिएको मितिमा निर्माण कार्य सम्पन्न नहुँदा दैनिक यहाँका स्थानीयवासी, , यातायातात व्यावसायी, सरोकारवाला निकायको टाउँको दुखाई वनेको काक्रेविहार यातायातका सचिव रमेश सापकोटाले बताए । सन् २०१६ जनवरी २८ मा चाङ्मिला र नरसिंहजेभीले सिटी बसपार्क १५ महिनामा निर्माण गरि नगरपालिकालाई हस्तान्तरण सम्झौता भएअनुसार काम नहुँदा अहिले हाल सवैको टाउँको दुखाई भएको सचिव सापकोटाले भनाई छ ।
निर्माण कम्पनी चाङमिला नरसिंहरजेभी दार्चुलाले विभिन्न बहाना बनाई पटक ,पटक म्याद थप गरेपनि काममा तिव्रता नदिदा हाल तोकिएको मितिमा निर्माण हुँन नसकेको सरोकारवाला बताउँछन् । नगरपालिकाले पटक ,पटक तोकेता गरेपनि निर्माणको जिम्मा लिएको कम्पनीले काममा गति नदिएको नगरपालिकाको आरोप छ । सिटी बसपार्क वषौ सम्म पनि निर्माण कार्य हुन नसकेको हो । कर्णाली प्रदेशको सबैभन्दा सुविधा सम्पन्न सिटी बसपार्क पनि यहि रहेको छ ।
सिटी वसपार्क यस्तो बन्ने छ ?
सिटी बसपार्क क्षेत्रभित्र ५६ वटा अस्थायी पसल, यात्रुहरूलाई बस्न छुट्टाछुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट, बगैंचा रहनेछन । कर्णाली प्रदेशकै एक मात्र सिटिबसपार्कमा ४ हजार पाँच सय वर्ग मिटर क्षेत्रफल रहेको यो बसपार्कमा ९० वटा ठुला र २० साना गरी १ सय १० वटा बस अटने क्षमता रहने छ ।
६ करोड ४ लाखमा निर्माणको बजेट
वीरेन्द्रनगर नगरपालिकाले निर्माणको करिब ७५ प्रतिश काम सम्पन्न भइसकेको जानकारी दिएको छ । नगर विकास कोषको ६ करोड ४ लाख २१ हजार १ सय ३२ रुपैयामा सो बसपाक निर्माण हुँन लागेको हो । वसपार्क सञ्चालन भएपछि वार्षिक एक करोड दुई लाख रुपैयाँ आम्दानी अनुमान गरिएको छ । बसपार्क निर्माण पूरा भएको वर्षदेखि नगर विकास कोषलाई वार्षिक रूपमा व्याज र साँवा गरी करिब ८० लाख रुपैयाँ तिर्नुपर्नेछ । वार्षिक साढे पाँच प्रतिशत व्याजमा नगर विकासबाट लिएको ऋण नगरपालिकाले २० वर्षमा चुक्ता गर्नुपर्ने सम्झौतामा उल्लेख छ । ऋण २० वर्षमा चुक्ता गर्नु पर्ने भए पनि निर्माणक अवधिको २ वर्षमा भने व्याज लाग्ने छैन । १८ वर्षको मात्रै व्याज तिर्नुपर्ने सम्झौता छ ।
थपिएको म्याद चैत अन्तिम सम्म जसरी पनि कम्पनीले निर्माण सकिसक्नुपर्ने छ । चैतमा पनि निर्माण नसके ऋणदाताले नै हात झिक्न सक्ने सम्भावना रहेको नगरपालिका स्रोतले बताएको छ । हालसम्म अस्थायी टहरा सटर कोठा, पक्की शौचालय २ वटा, वरिपरि पर्खाल, मूल गेट, गार्ड बस्ने घर, मुख्य टर्मिनल भवनको डीपीसीको काम पूरा भएको छ । अब पीच गर्ने काम मात्रै बाँकी रहेकाले छ । समयमै बसपार्क निर्माण नहुँदा सास्ती खेप्नु परेको काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!