उन्नत जातको बोका ,बाख्रा वितरण

जाजरकोट  (रासस)ः यहाँको नलगाड नगरपालिका पशुपंक्षी बिकाश शाखाले किसानहरुलाई १३ वटा उन्नत जातका बोका वितरण गरेको छ । नगरपालिकाको प्रत्येक वडा मा १ वटा पर्ने गरि बोयर र जमुनापारी जातको बोका वितरण गरेको हो ।
नगरपालिका भित्रका बाख्राहरुमा नश्ल सुधार गरि मासु उत्पादन वृद्धी गर्नुका साथै आर्यआर्जन वृद्धी गर्ने लक्ष्य लिईएको छ । किसानलाई सवै बोकाहरु निशुल्क वितरण गरिएको नलगाड नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमूख अमृत गिरीले जानकारी दिनुभयो । नलगाड नगरपालिकामा ३० हजार भन्दा बढी बाख्रा रहेको शाखाका गिरीले वताउनुभयो । ४ लाख २० हजार रुपैयामा खरिद गरिएको थियो । यसै वीच नलगाड नगरपालिका वडा ४ र ६ का एकल महिलालाई बाख्रा बितरण गरिएको छ ।
लेखवेशी एकल महिला बाख्रा पालन समुहका २० जना महिलालाई २० वटा बाख्रा वितरण गरिएको छ । करिव २ लाख रुपैयाको लागतमा उक्त समुहलाई बाख्रा वितरण गरिएको हो । नलगाड नगरपालिका वडा २ स्थित लवकुश अर्गानिक एग्रो प्रालिवाट उन्नत जातका बाख्रा खरिद गरि एकल महिलालाई वितरण गरिएको हो ।
हेमन्त के सी ———





error: Content is protected !!