प्रधानमन्त्रीले आयोजना गरे बालुवाटारमा चियापान, सांसदहरुलाई निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद र प्रदेश सभा सांसदका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि प्रदेशहरुबाट समेत सांसदहरु काठमाडौंमा आएको मौका पारेर ओलीले चियापान कार्यक्रम गरेका हुन् ।

संघीय संसद ९राष्ट्रियसभा र प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई बिहान साढे ८ बजे नै चियापानका लागि बालुवाटारस्थित निवासमा उपस्थित हुन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खासगरी आफूलाई संसदमा विश्वासको मत दिएका सांसदहरुका लागि ओलीले चियापान कार्यक्रम आयोजना गरेको स्रोतले बतायो । ओलीले २७ फागुनमा विश्वासको मत पाएका थिए । ओलीलाई तीन चौथाइभन्दा बढी सांसदहरुले मत दिएका थिए ।





error: Content is protected !!