प्रधानन्यायाधिश पराजुलीलाई प्रधानमन्त्री ओलीको प्रश्नः एउटै मान्छे कतिपटक जन्मिन्छ ?

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधिश गोपाल पराजुलीको जन्ममिति र शैक्षिक प्रमाणपत्रबारे विवादबारे असन्तुष्टी व्यक्त गरेका छन् । उनले एउटै मान्छेको जन्ममिति फरक–फरक हुनु दुखद भएको बताएका छन् ।

बुधबार बालुवाटारमा एमाले, माओवादी, फोरम र राजपाका सासंदलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानन्यायाधिश पराजुलीको जन्ममिति फरक–फरक विडम्बना भएको बताएका हुन् । ‘ठूला मान्छेको जन्ममितिबारे कुरा नगरौँ भने पनि गर्नै पर्छ, इजलास प्रभावित भएको छ,’ उनले भने, ‘ठूला मान्छेकै जन्ममितिको ठेगान छैन, दुई तीनवटा जन्ममिति हुनु विडम्बना हो ।’

एउटा मान्छेको तीन चारवटा जन्ममितिको सर्टिफिकेट कसरी हुन्छ भन्दै प्रधानमन्त्री ओलीले एउटा मान्छेको सबैखाले सर्टिफिकेट एउटै हुनुपर्ने बताए । ‘एउटा मान्छेको तीन चारवटा जन्ममितिको सर्टिफिकेट कसरी हुन्छ रु’ उनले भने, ‘एउटा मान्छे एकपटक जन्मिन्छ, सबैखाले सर्टिफिकेट एउटै हुनुपर्छ ।’





error: Content is protected !!