डोल्पाको ग्रामिणबस्तीमा मोटरबाटो पुग्यो,स्थानीयले झारे हर्षका आँशु

दुनै(डोल्पा)  , डोल्पाको ग्रामिण बस्तीमा मोटरबाटो पुगेपछि स्थानीयबासीले हर्षका आँशु झारेका छन् ।
समुद्र सतह देखि झण्डै ३५ सय उचाईमा रहेको गाउँ माझफालबाट सदरमुकाम दुनै पुग्न दुई दिनको कठिनपुर्ण पैदल यात्रा हिड्नु पर्दाको बिगतको दिनलाई सम्झदा आफ्नो गाउँमा मोटर पुग्ला भन्ने सपनामा पनि नसोचेका ८० वषीय बृद्द रुद्र बुढाले घरको थाप्लोमै जीप गुडेको देखे पछि उनका आँखा खुशिले रसाए ।
उनी मात्र होइनन् ७० वषीय कर्णराम रोकायलाई पनि गाउँमा गाडी पुग्ला भन्ने लागेको थिएन ।गाडी उद्घाटन हुदै छ भनेर गाडी हेर्न माथिल्लो थाप्ला आएका कर्णराम रोकायले गाडीसहित पुगेका मेयर गणेश शाहीलाई बधाई दिदै भने“भीरको बाटो खनी खनी गाडी ल्यायो मेयरले नपत्याए हेर गाँउले आफ्नै एैनाले”उनले भने ।
ठुलीभेरी नगरपालिकाको वार्ड नं ५ मा पर्ने साबिकको माझफाल गाबिसको लाहारा गाउँ नजिकै माथिल्लो लाग्ना भन्ने ठाउँ सम्म आईतबार देखि यातायातका साधन संचालनमा ल्याइएको छ ।
त्रिपुरासुन्दरी यातायात,लेकबेशि यातायात र डोल्पो शहकारी यातायातका यात्रुले खचाखच भरिएका तिन ओटा महेन्द्रा जीप र दैनिक उपभोग्यबस्तु बोकेको ट्रयाक्टर सहित माझफालको माथिल्लो लाग्ना पुगेका ठुलीभेरी नगरपालिकाका मेयर गणेशबहादुर शाहीले भब्य कार्यक्रमका बीच रिवन काटेर बाटोको उद्घाटन गरेका थिए ।
पहिलो पटक गाउँमा यात्रु सहित पुगेका जीप र दैनिक उपभोग्य बस्तु बोकेको ट्रयाक्टरलाई स्थानीय बासिन्दाले फुलपाती अबिर टिकाले पुजाआजा गरेर भब्य स्वागत गरेका छन ।सदरमुकाम दुनै देखि ४० किलोमिटर र बिमानस्थल जुफाल देखि २५ किलोमिटर दुरीमा रहेको माथिल्लो लाग्ना सम्मको मोटरबाटो ठुलीभेरी नगरपालिकाको एक करोडको लागतमा चार महिना लगाएर निमार्ण गरिएको हो ।राष्ट्रिय सडक संन्जालसंग नजोडिएको कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा निमार्णधिन क्रममा रहेका आन्तरिक सडकमा हेलिकप्टरबाट ल्याइएका महेन्द्रा जीप यातायातको रुपमा संचालनमा छन ।
माझफालको माथिल्लो लाग्नामा यातायातका साधन महेन्द्रा जीप संचालनमा आएपछि मध्य डोल्पाको बिकट क्षेत्रको रुपमा रहेको माझफाल,दुरगाउँ,थर गाउँ र काँडाताली लगायतका बासिन्दा र स्कुले बिद्यार्थीहरुलाई सदरमुकाम दुनै र बिमानस्थल जुफाल आउनजान सहज भएको छ ।
नगरको पहिलो प्राथमिकता नै सडक बिकास भएकाले नगरका सबै वडालाई सडक संजालसंग जोड्ने र अबको पाँच वर्ष भित्रमा ठुलीभेरी नगरपालिकाका सबै वडाका जनता आन्तरिक सडक यातायातको पहुचमा पुग्ने मेयर गणेशबहादुर शाहीले बताए ।
उनका अनुसार अवको तिन महिना भित्रमा साबिकको माझफाल गाबिसको काँडाताली सम्म यातायातका साधन गुड्ने छन ।मोटरबाटो सहित यातायातका साधन जीप पुगेको अवसरमा माझफालका लाहारबासिले दिनभर र रातभर नाचगान गरि खुशियाली मनाए ।
बहुमुल्य जडिबुटी यार्सागुम्बाको पकेट क्षेत्रको रुपमा रहेको माझफाल गाबिसको माथिल्लो थाप्लोमा मोटर पुगेपछि अव कठिापुर्ण र अट्यास लाग्दो झण्डै तिन घन्टाको उकालो बाटो हिडेर नगरको केन्द्र जुफाल दुनै जानुपर्ने बाध्यताबाट सर्बसाधारणले छुटकरा पाएका छन ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!