नलगाड नपाद्धारा ८ महिनामा ८ कानुन निर्माण

हेमन्त के सी
जाजरकोट  ः — नलगाड नगरपालिकाले पहिलो नगरसभा पछि आठ महिनामा ८ वटा कानुन निर्माण गरेको छ । स्थानीय सरकार सञ्चालनका लागि नलगाड नगरपालिकाले आवश्यक ८ वटा ऐन, नियम, नियमावली पास गरेको हो ।
फागुन २७ देखि २९ गते सम्म बसेको दोस्रो नगरसभावाट ८ वटा ऐन पास भएको नगरपालिका प्रमूख प्रशाषकीय अधिकृत सुरेन्द्र सिंह जानकारी दिनुभयो । फागुन २७ देखि २९ गते बसेको दोस्रो नगरसभाले आर्थिक ऐेन २०७४, नगरपालिका कार्यविभाजन नियम २०७४, कार्यपालिकाको वैठक सञ्चालन सम्वन्धि कार्यविधी , नगरकार्यपालिका कार्यसम्पादन नियामावली २०७४, नगरपालिकाको निर्णय वा आदेश अनि अधिकार पत्रको प्रमाणीकारण , नगरपालिकाका पदाधिकारीको आचारसंहिता २०७४, भ्रमण खर्च निर्देशिका र शिक्षा निर्देशिका नगरसभावाट पारित भएको नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिनुभयो ।
दोस्रो नगरसभासभाले पहिलो नगरसभाबाट विनियोजित बजेटको समीक्षा गरेको छ । पहिलो नगरसभाबाट विभिन्न शीर्षकमा बिनियोजित बजेट खर्च नभएको तथा हुन नसक्ने अवस्थालाई ध्यान दिँदै बजेट रकमान्तर विनियोजन पनि गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले पहिलो नगरसभावाट बिनियोजित रकम खर्च हुन नसकेको तथा हुन नसक्ने विभिन्न शीर्षकको बजेटलाई संशोधन तथा परिमार्जन गरेको जानकारी दिनुभयो । ‘तीव्र रूपमा कार्य सम्पादन गर्ने गरी पहिले विनियोजित रकमलाई रकमान्तर गर्ने निर्णय दोस्रो नगरसभाले गरेको छ, अब सोहीअनुसार काम हुन्छ,’ सिंहले भन्नुभयो । अब अन्य शीर्षकको बजेट जलविद्युत् र अन्य काम गर्ने गरी विनियोजन गरिएको छ । आवश्यकताका आधारमा बिभिन्न ठाउँमा बजेट रकमान्तर गरिएको छ ।





error: Content is protected !!