शिक्षा लिन ज्यानै जोखिममा, दुईबर्ष देखि भगवान भरोसामा पठनपाठन संञ्चालन !

दुनै(डोल्पा) २९ फागुन
यहाँको त्रिपुरा सुन्दरी नगरपालिका १ अन्र्तगत त्रिपुरा माध्यामिक बिद्यालयका बिद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् ।
लगातार दुई बर्ष अघि देखि जीर्ण भवनमा पढ्नु पर्ने बाध्यता भएकाले उनीहरुको ज्यान जोखिममा परेको हो ।
तीब्र हावाहुरीका कारण पटक–पटक उडाउँदै आएको जस्तापाता लाई कामचलाउ रुपमा ढुङ्गाले थिचेर पठनपाठन संञ्चालन गर्नुपर्ने बाध्यता रहेको बिद्यालयले जनाएको छ ।
“बिद्यालयको तीन कोठे भवन एकदमै जिर्ण छ,तीन बर्ष देखि जिर्ण भवनमानै प्रावि र निमाविका कक्षाहरु संञ्चालन गर्नुपर्ने बाध्यता छ,”प्रधानाध्यापक रमानन्द उपाध्यायले भन्नुभयो,“कति बेला जस्तालाई थिचेका ढुङ्गा खसेर शिक्षक बिद्यार्थीको ज्यान जाने हो टुङ्गो छैन्” उहाँले थप्नुभयो ।
जिर्ण भवन मर्मतकालागि जिशिका लगाएतका थुप्रै संघ संस्थालाई अनुरोध ग¥यौँ तरपनि कसैले नसुनेको उहाँले गुनासो गर्नुभयो ।
कक्षा १ देखि १० कक्षा संञ्चालन गरिएको उक्त बिद्यालयमा जम्मा दश वटा कोठा रहेकाछन् ।त्यस मध्ये कक्षा १,२,३ र ६ संञ्चालन गर्दै आएको भवन एकदमै जिर्ण छ ।
भवन जिर्ण भएपछि हावा लाग्दा,पानी पर्दा साह्रै समस्याहुने गरेको लामोसमय देखि अध्यापन गराउँदै आएका शिक्षकहरुले बताए ।


“जीर्ण भवनमा पठनपाठन गराउँदा बिद्यार्थीरु पनि डराई डराई अध्ययन अध्यापन गुर्न पर्ने बाध्यता छ,त्यस्तै कतिखेर हावाले जस्ता उडाउँदा जस्ता र ढुङ्गाले थि

चेर घटना घट्ने हो टुङ्गो छैन्” शिक्षक लोकश खत्रीले चिन्ता ब्यक्त गर्नुभयो ।
“पटक–पटक हावाले छानो पल्टाउँछ,शिक्षक बिद्यार्थीहरु मिलेर त्यही छानो ओल्टाई पल्टाई कोठा ढाकेर पठन पाठन गर्न बाध्य छौ,त्यसलाई छोडेर अन्य ठाँउमा कक्षा सुरु गराँैँ भने कोठाको अभाव छ शिक्षक खत्रीले भन्नुभयो ।
तीब्र बेगमा हावा लागेर छाएको जस्ता उडाउने जस्तो गरेर हावाले हल्लाउँदा डरले छटपटाउने गरेको कक्षा ६ मा अध्ययनरत बिद्यार्थी बिनिता श्रेष्ठल बताउनुभयो ।
उक्त जिर्ण भवन मर्मतको लागि विभिन्न संघ संस्थामा पहल गरेपनि कसैले पनि नसुनेको बिद्यालय ब्यबस्थापन समितिले जनाएको छ ।
जिल्ला भित्र रहेका जिर्ण बिद्यालय मर्मतका बर्षेनी लाखौँ रुपैया आँउछ तर हाम्रो बिद्यालयलाई कहिल्यी हेरेन् शिक्षक अभिभावक संघका अध्यक्ष पुरी प्रसाद हमालले बताउनुभयो ।
नजिकै सिँहदरवार छ,बिद्यालयमा सहयोग गर्छ कि भन्ने आसा छ अध्यक्ष हमालले भन्नुभयो ।
सुनौलो भविश्य बोकेका भविश्यका कर्णाधार कलिला बालबालिकालाई कक्षा कोठामा ढुक्कसँग पढ्ने बाताबरण बनाउनकालागि अभिभाबकहरुले सम्बन्धित निकायमा आग्रह गरेकाछन् ।
यस बिद्यालय जिल्लामै पुरानो बिद्यालयको रुपमा चिनिँदै आएको छ ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!