सुसाइड नोट लेखेर पत्रकारले गरे आत्महत्या

टेकेन्द्र बोहरा
बझाङ २६ फागुन
फेसबुकमा सुसाइड नोट लेखेर बझाङका रेडियो पत्रकार गोविन्द बोहराले आत्महत्या गरेका छन ।

शुक्रबार साँझ आफ्नो फेसबुक वालमा आमा बुवालाई सम्बोधन गर्दै आत्महत्या गरेका छन् । बोहरा शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रशारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक रहेका बोहरा यसअघि बझाङकै रेडियो सेतीमा कार्यरत थिए ।
रेडियो स्थापनाकै सिलसिलामा २ महिनाअघि काठमाडौं गएका बोहरा काठमाडौंबाट सञ्चालन हुने आहाखबर डटकम अनलाइनमा पनि काम गरिरहेका थिए ।

बझाङ घर भएर काठमाडौंमा पत्रकारिता गरिरहेका प्रताप वलीको डेरामा सँगै बस्ने गरेका बोहरा केही दिन यता आर्थिक समस्याको कारणले तनावमा रहेको ओलीले बताएका छन ।

शुक्रबार दिउँसो १ बजे तिर कोठाबाट बेपत्ता भएका बोहराले साँझ ८ वजे तिर आफ्नो मोबाइलमा म्यासेज लेखेर आफूले आत्महत्या गर्न लागेको भनेर खबर गरेको ओलीले बताएका छन । बोहराका श्रीमती र २ वर्षका १ छोरा छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!