एफ एफ एल ग्रुपले दोस्रो बार्सिक उत्सबमा सडकका बालबालिका बालबालिका खुवायो खाना।

काठमाण्डौ।
अहिले सामाजिक संजाल बिकृती निकै फैलिएको देखिन्छ तर कतै कतै भने सहि उपयोग र यसको महत्व बेग्लै बनेको छ।यहि सामाजिक संजालले कयौंको नबजिबन भएको छ भने कयौ उद्दार समेत भएका छन।
तर त्यस्तै थुप्रै नमुना कार्य गर्दै आएको फेसबुक ग्रुप friends for life(FFL) ग्रुपले समाजमा हरेक नौला कार्य गर्दै आएको छ। सन्जालको सहि सदुपयोग र परिबर्तन बारे केही बेग्लै ढंगले अगाडि बढेको यो ग्रुपले सामजिक संजालबाट नै हरेक नमुना कार्य गर्दै आएको छ। र यो ग्रुपले स्थापना पछिको आज दोस्रो उत्सब मनाएको छ।यो ग्रुप देश तथा बिदेश बाट सन्चालन गरिएको छ।जस अन्तरगत करिब २५०००भन्दा बढी सद्स्य जोडिएको छ ।जसको सन्चालकहरु कतारबाट राजकुमार खत्री ,दिपक ऐडि ,र सुरेन्द्र पोख्रेल हुनु हुन्छ भने नेपालमा संगिता बलामी र कस्मिरा राई हुनु हुन्छ।
यो फेसबुक ग्रुपले दोस्रो बार्सिकोत्सबको अबशरमा आज काठमाण्डौका बिभिन्न मन्दिर ,बालमन्दिर,बृदा आश्रम ,अनाथलयमा रहेका बालबालिका बृद सबैलाइ एकै छाक भएपनी मीठो खुवाऔ भन्ने धेयले ३५०जनालाइ खाना खुवाइएको छ।
काठ्माण्डौमा रहेका यी स्थलहरु महान्काल,कमलादी ,गणेशथान,बसन्तपुर,कालभैरब,सानो पशुपति ,बुढानिलकण्ठ ,स्वयम्भू ,बौद्द,चाबहिल ,भद्रकाली ,कालभैरब मन्दिर परिसर र गृन ल्यान्डको शिशु केन्द्रमा गरि जम्मा ३५०जनालाइ खाना खुवाइएको सन्चालिका संगीता बलामीले बताउन भयो।त्यस्तै सोही शिशु केन्द्रमा बालबालिकाहरुलाइ स्टेसनरी सामान बितरण समेत गरेको उहाले बताउनु भयो।










