१० वर्ष भित्रै बेरोजगार मुक्त जिल्लाको रुपमा रुकुम चिनाउने

कर्णाली प्रदेश सभा सासंद गोपाल शर्माले रुकुमलाई अबको १० वर्ष भित्रै बेरोजगार मुक्त जिल्लाको रुपमा चिनाउने बताउनु भएको छ । अहिलेको सबै भन्दा ठुलो समस्याको रुपमा रहेको व्यरोजगारलाई हटाउनको लागि आफुहरु लागि परको उहाले बताउनु भयो ।
प्रस सेन्टर रुकुमले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै शर्मामाले यस्तो बताउनु भएको हो । उत्पादनको बृद्धि गर्ने र ठुला परियोजनामा लगानि गरेर व्यरोजगार समस्याको समधान गर्न सकिने उहाको भनाई रहेको छ ।
युवाहरुको लागि सिप मुलक तालिमको संचालन गर्ने, प्रदेशिक सरकारको तर्फवाट अनुदान तथा ऋणको व्यवस्था गर्न सके भने व्यरोजगार समस्याको समधानमा ठुलो सहयोग पुग्ने बताउनु भयो । जनतालाई सहकारी र कम्पनिमा शेर लगानिका वातावरण तयार पार्नको निम्ती प्रदेशमा छलफल हुने उहाको बताउनुभएको छ ।
त्यस्तै स्रोत र साधनको हिसावले बर्णालि प्रदेश नेपालकै धनि प्रदेश रहेकोले स्रोत साधनको उचित प्रयोग गरेर संबृद्धि प्रदेशको रुपमा स्थापित गराउने तर्फ प्रदेश सरकार लागि पर्ने बताउनु भयो । कानुन नबन्दा खेरि आफुले गरेका प्रतिबद्धतालाई पुरा गर्न नसकिएको बताउनु भएको छ । केन्द्र सरकारले पुर्णता पाए पछि आफहरुको लागि सम्पुर्ण अधिकार प्राप्त हने र आफहरु लाई काम गर्न सजिलो हुने शर्माको भनाई रहेको छ ।।










