नलगाड नगरपालिका,जहाँ बर्षको एक दिन मात्र जमिनबाट पानी रसाउछ, यस्तो छ (भिडियो हेर्नु होस)

लक्ष्मण रसाईली
नेपालको प्रदेश न ६ अन्तर्गतको उत्तरमा अबस्थित जाजरकोट जिल्ला पनि एक हो।यो जिल्ला मध्ये पहाडी भेगमा अबस्थित छ।र यस जिल्लामा ४गाउपालिका र ३ नगरपालिका रहेका छन।र यस जिल्लाको कुल क्षेत्रफल २२३० बर्ग किलोमिटर रहेको छ।र यस जिल्लाको पुर्बमा रुकुम,पश्चिममा दैलेख,दक्षिणमा सल्यान र सुर्खेत र उत्तरमा डोल्पा र जुम्ला पर्दछ।यस जिल्लाका भेरी,छेडागाड,नलसिंहगाड मुख्य नदिहरु हुन।र यहाका मुख्य ब्यापारिक केन्द्रहरु जिल्ला सदरमुकाम खलंगा बजार,खगेनकोट दल्ली,जगतीपुर मटेला बजार,छेडाबजार,मोर्कबजार,तल्लुबजार रहेका छन।
जिल्लाको निर्बाचन क्षेत्र न:१ अन्तरगत नलगाड नगरपालिका पर्दछ।र यो नगरपालिका जाजरकोट जिल्ला सदरमुकाम पुर्बी भेगमा अबस्थित छ।र यस नगपालिकाको क्षेत्रफल ३८७.४६ बर्ग किलोमिटर रहेको छ।र यहाँको जनसंख्या २५५९७ रहेको छ।र यस नगरपालिकाको पुर्बमा आठबिसकोट नगरपालिका रुकुम पर्दछ भने पश्चिममा कुशे गाउँपालिका,उत्तरमा बारेकोट गाउँपालिका र दक्षिणमा भेरी नगरपालिका पर्दछ।र यस नगरपालिकामा जम्मा १३ वटा वडा रहेका छन।जस अन्तरगत साबिकका ५ वटा गा बि डाँडागाउँ, लहँ,खगेनकोट,रग्दा र भगवती पर्दछन।र वडा नः१ मा(पाली,कल्पत,चिउरी)वडा न: २ मा(डाँडागाउँ)वडा न:३(टट्टा, चावलेचौर,करुवा,कट्के)वडा न: ४(लहँ )वडा न:५ (कालिमाटी,सिर्के,ऐरारी)वडा न ६ मा (गर्छिना,भारगाउँ ,थाप्ला)वडा न: ७मा(दल्ली,काडादल्ली,बफेलगाउ)वडा न ८मा(मन्मै,हल्चौर,मैदे,मंसिरी)वडा न: ९(तात्रा,घरगां)वडा न: १०मा(रग्दा,रावतगाउ,ध्यारगाउ)वडा न: ११मा(बानियागाउँ ,चौखा,हितानगाउँ )वडा न: १२(तल्लुबगर,बस्नेतगाउँ ,बायाँकाडा,औलगुर्ता) र वडा न: १३ मा(खातिगुर्ता,रुप,सिउन) पर्दछन।
यो नगरपालिका डोल्पा संग जोडिएको छ।र यो नगरपालिका समुन्द्रि सतह देखी ११३५ मिटर देखी २५०० मिटर सम्म फैलिएको छ।र यहा बिशेष गरी दलित,जनजाती र क्षेत्रीको बढी बसोबास रहेको छ।
यस नगरपालिकाको प्रबेशद्वार आठबिसकोट रुकुम चिसापानी हो र प्रबेश गर्दा भेरी नदी पार गरेर यस नगरपालिका प्रबेश गरीन्छ।र यस नलगाड नगरपालिका बिभिन्न सस्कृती भरीपुर्ण छ साथै यो धार्मिक,पर्यटकिय हिसाबले पनी भरीपुर्ण छ।र यस नगरपालिकामा प्रत्येक वडामा आ-आफ्नै फरक फरक सस्कृती रहेको छ।
नगरपालिकाका सस्कृती र धार्मिक स्थल तथा पर्यटकिय स्थलहरु
र यस नगरपालिकाका धार्मिक स्थल र सस्कृतीहरुमा बिषेश गरी यहाको वडा न १मा नगर तथा जिल्ला कै स्तरिय बाजा बजाइन्छ।र यस वडामा मगरहरुको अधिक बसोबास रहेको छ र यहाँ मेलापात बखत,खुसीका क्षेण,बिबाहमा यो बाजा धुमधामले बजाउने गरिन्छ। त्यस्तै यस नगरपाालिकाको वडा न:२ एक चचिेत धार्मिक स्थलले परिचीत वडा हो। जाजरकोट–डोल्पा सडकको बाया अर्थात वडा न: २को डाँडागाउँमा अबस्थित छ।यो नलसिंहगाडको किनारमा रहेका यो गुफा निकै रमणिय छ।यो गुफामा मागे सक्रान्तिमा मेला लाग्ने गर्द छ। त्यस्तै वडा न: ३ पनी एक फरक सस्कृती र पर्यटकिय रुपले धनी वडा हो।यहाँ नगर स्तर कै स्तरिय मयूर नाच(गरुवा)नाच्ने गरिन्छ।र यहाँको सागंटा गुफा पनी एक पर्यटकिय स्थल हो जुन गुफाले बिभिन्न सस्कृतीले निकै सौन्दर्य बोकेको छ। त्यस्तै वडा न:४ को पनी जिल्ला मै एक फरक सस्कृती भएको वडा हो।यहाँ नगर तथा जिल्ला मै पौराणिक(ख्याली,पैसरु)नाच नाच्ने गरिन्छ।र वडा न: ५र६मा पनी यो यो सस्कृती रहेको छ।यी ३ वडा कसाबिकको लह गा बि स मा पर्दछन। त्यस्तै वडा न:८मा पनी न:गर मै एक फरक वडा हो यस वडामा बिशेष गरी नगर स्तर कै पौरणिक(सिगांरु) नाच नाच्ने गरिन्छ।र वडा न: ९,१० जनयूद्ध बखत कै चर्चित वडाहरु हुन र यी वडा पनी पर्यटकिय तथा धार्मिक हिसाबले धनी वडा हुन।
यी वडा साबिकको रग्दा गा बि स मा पर्दछन।र यस नगरपालिकाको वडा न: ११ र १२ पनी धार्मिक तथा पर्यटकिय हिसाले कम छैन।यहाको तल्लुमा अबस्थित तल्लु माइ भगवतीको निकै प्राकृतिक मनोरम बोकेको स्थलमा रहेको छ।
वडा न: ११र १२को बिचमा रहेका यो मन्दिर निकै ऐतिहासक महहत्व बोकेको छ।नगर तथा जिल्ला कै प्राकृतिक तथा ऐतिहासीक महत्व बोकेको वडा न: १३ डोल्पा जिल्ला संग जोडिएको छ।यहाको मालिका मन्दिर,मुट्के चुला तिर्थ स्थल र महादेब गुफाले निकै धार्मिक तथा पर्यटकिय महत्व बोकेको छ।जिल्ला कै नमुना यस नलगाड नगरपालिका एक सुन्दर र सभ्य नगरपालिका हो।र यहाको ऐतिहासीक धार्मिक तथा पर्यटकिय स्थलहरुको संरक्षण तथा सम्बर्द्धनका लागी नगरपालिकाको आर्थिक सहयोगमा नलगाड हेल्प फाउण्डेशनले एउटा नगर स्तर कै भिडियो निर्माण गरेको छ। जुन भिडियो यस्तो छ।








