डोल्पाको जुफालमा नगरको केन्द्र उद्घाटन (फोटोफिचर) !

दुनै(डोल्पा) २४ फागनु
डोल्पाको जुफालमा नगरपालिकाको केन्द्र उद्घाटन गरिएको छ ।

बिहिवार ठुलीभेरी नगरपालिकाको स्थायी केन्द्रको रुपमा जुफालमा उद्घाटन गरिएको हो ।

उक्त नगरपालिकाको पहिलो नगरसभाको असार ३१ को निर्णय अनुसार बहुमतले नगरको केन्द्र दुनैबाट जुफाल सार्ने निर्णय अनुसार बिहिवार औपचारिक रुपमै नगरको केन्द्र उद्घाटन गरिएको नगर प्रमुख गणेश बहादुर शाहीले जानकारी दिनुभयो ।

नेपाल सरकार मन्त्रिपरिषद्को माघ २४ को निर्णय र फागनु १६ मा राजपत्रमा प्रकाशित सुचना अनुसार दुनैमा रहेको नगरको केन्द्र स्थायी रुपमा जुफाल ७ मा स्थापना गरिएको नगर प्रमुख शाहीले बताउनुभयो ।

संघियताको मुल मर्म अनुसार केन्द्रिकृत बिकासलाई जसरी बिकेन्द्रिकृत गरिन्छ त्यसैगरिनै नगरका सबै जनताहरुलाई पायक पर्ने गरि जुफालबाटै सम्पुर्ण नगरका सेवा सुविधाहरु प्रदान गरिने भएकाले जनतालाई नझुकिन शाहीले जानकारी दिनुभयो ।

नगरको उद्घाटन त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका बरिष्ठ नेता समेत रहनुभएका ओम बहादुर बुढाले गर्नुभएको थियो ।

नगरको उद्घाटन बाजागाजा,कलश घडा सहितका नौ कन्या अगाडी लगाएर बजार परिक्रमा सहित नगरको केन्द्र उद्घाटन गरिएको थियो ।

उद्घाटनलाई भव्य रुपमा सफलपार्न साविकका माझफाल गाविसका सम्पुर्ण सर्वधारणहरुको समेत उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहका अवसरमा नगरका ५ देखि ९ वडा सम्मका जनप्रतिनिधि,बुद्धिजीवि,समाजसेवी,सर्वसाधारण तथा संञ्चारकर्मीहरुको बाग्लो उपस्थिति रहेको थियो ।

दुनैबासी आन्दोलित
यसैबिच जुफालमा नगरको केन्द्र उद्घाटन गरिरहँदा दुनैबासी भने आन्दोलमा रहेकाछन् ।

छलकपट गरेर नगरको केन्द्र सारेको भन्द्र एकसातासम्म दुनै ठप्प पारको सदरमुकामबासीले भने सांकेतिक आन्दोलनजारी राख्ने शर्तमा गत बुधबार भने बन्द खुलाएका थिए ।


नगरको केन्द्र कृते जालसाँचि गरेर जुफाल दुनैबाट जुफाल सारको उनीहरुको आरोप रहेको छ ।





error: Content is protected !!