डोल्पा त्रिपुरा सुन्दरी नगरपालिकामा अन्र्तराष्ट्रिय महिला दिवस(फोटोफिचर) !

दुनै(डोल्पा) २४ फागुन
डोल्पाका गाँउ गाँउमा १०८ औँ अन्तराष्ट्रिय महिला दिवस धुमधामका साथ मनाईएको छ ।
अघिल्ला बर्षहरुजस्तै यसबर्ष पनि जिल्लाको ठुलीभेरी नगरापलिको दुनै जुफाल,त्रिपुरा सुन्दरी नगरपालिका केन्द्र बगर बजार लगाएतका स्थानहरुमा भव्य रुपमा अन्र्तराष्ट्रिय महिला दिवस मनाईएको छ ।
आर्थिक रुपान्तरण सहितको सामाजिक जाँगरण ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण मुख्य नाराका साथ डोल्पामा पनि भव्य रुपमा अन्र्तराष्ट्रिय महिला दिवस मनाईएको अन्र्तरपार्टी महिला संञ्जालकी अध्यक्ष काली चलाउनेले बताउनुभयो ।




















अन्तराष्ट्रिय महिला दिनबको अवसरमा त्रिपुरा सुन्दरी नगरापालिको केन्द्र बगरमा विभिन्न देउडा,नाँच,लोकगीत,नाटक लगाएतका महिला हिसां उन्मुलन गर्ने किसिमका कार्यक्रम प्रस्तुत गरिएको स्थानीय महिला अगुवा कमला हमालले बताउनुभयो ।
तस्बिरःरामचन्द्र न्यौपाने








