कहिले पाउँछ बारेकोट गाउँपालिकाले डाक्टर ?

हेमन्त के सी
काठमाण्डौँ । । स्वास्थ्य चौकी लिम्सामा डाक्टरको दरबन्दी भएपनि डाक्टर नहुँदा यहाँका स्थानीय मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत डाक्टर नारायण जोसीको सरुवा भईसकेको र अर्का डाक्टर सन्दिप किरण प्रधान तालिमका लागि जिल्ला वाहिर भएका कारण यहाँका स्थानीयले स्वास्थ्य सेवा पाउँन सकेका छैन्न ।
करिव एक महिना देखि बारेकोट गाउँपालिका स्थानीयहरु उपचारका लागि लिम्सा आएपनि डाक्टर नहुँदा पिडावोध हुँदै फर्कने गरेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिए । स्वास्थ्य चौकीमा औषधी भारी मात्रामा भएपनि डाक्टर नहुँदा समस्य भएको स्वास्थ्य चौकीले जानकारी दिने गरेको छ । एक्सरे देखि ल्याप सम्मका सेवा प्रवाह गर्ने भनिएको यो स्वास्थ्य चौकीमा स्थानीयवासीले समयमा उपचारमा नपाउँदा आक्रोष व्यक्त गरेको थापाको भनाई छ । डाक्टर नहुँदा यस क्षेत्रमा मृत लासहरु परिक्षणका कामहरु समेत अबरुद्ध हुँदै आएका छन् । जाजरकोट सदरमुकाम वाट बारेकोट गाउँपालिकाको लिम्सामा पुग्न २ दिन लाग्ने गर्दछ ।
साविकका ४ गाविसको लागि एउटा मात्र सुविधा सम्पन्न भनिएको स्वास्थ्य चौकीमा यस्तो समस्य आउँदा स्थानीयहरु आक्रोषित भएका हुँन् । टेलिफोन , विद्युत, सडक र बैँक जस्ता सुविधा नहुँदा यस क्षेत्रका स्थानीयहरु समस्यमा पदै आएका छन् । नेपाल खाद्य संस्थानले जाजरकोट वाट समयमै खाद्यान्न ढुवानी हुँन नसक्दा खाद्यान्न समेत अभाव यहि क्षेत्रमा भएको छ ।










