बैँस चल्छ,पसिना चल्छ पानी चल्दैन,राजधानी मै अछुत कामी बनायौ-नवीन बिश्वकर्मा।

पापीहरु तिम्ले मलाई अछुत कामी बनायौ
धन्य छु प्रभु तर तिम्ले मलाई दामी बनायौ
पशुको मुत चल्छ यहा तर हाम्रो अमृत चल्दैन
बैस र पसीना चल्छ तर मन्दिरमा दियो बल्दैन

हेला गर्छौ जस्लाई तिमी भनी सानो दमाई
उस्ले सिको लुगा लाउछौ साह्रै रमाई रमाई
जस्ले तिम्रो ईज्जत ढाक्यो, उस्कै बेईज्त गर्छौ
मान्छे मान्छे भेट्दा तिमी पाखण्डी किन पर सर्छौ

सार्की दाईले तिम्रो पाउना बनाई दिए जुत्ता
त्यै जु्ताले लात हान्छौ,जस्ले सजाईदिए खुट्टा
हेला गर्छौ जस्लाई तिमी ,भनी माग्ने गाईने
नाच्दा गाउदा रमाउनलाई त्यै गाईने चाईने

फुटानी त साह्रै गर्छौ स्बर्ग तार्छु सबलाई
भन्देउन त बाउन बा तार्यो कस कसलाई ?
कस्तो रैचन तिम्रो भगवान, तिम्लाई मात्र चल्ने
कस्तो रैचन ति दियो प्याला तिम्रै मात्र बल्ने?

हामी हौ शिल्पकार, सृजना का धनी
हाम्लाईनै दबाउछौ हाम्रो मालीक बनी
रुप रंग बोली बचन , के मा कमी देख्यौ ?
कस्ले दियो त्यो अधिकार अछुत भनी लेख्यौ?

काठमाडौमा पत्रकार भाईहरुसंग भएको जातिए बिभेदको बिरुद्धमा समर्पित।
-नवीन बिश्वकर्मा

हाल:चिन





error: Content is protected !!