हाम्राे संस्कृति र महिला मुक्ति-काली बहादुर मल्ल

अाज ८ मार्च अर्थात नारी दिवस !यश अवसरमा नेपाल र विश्व भरिका का अामा,दिदिबहिनीहरु सबै मा हार्दिक शुभकाना ब्यक्त गर्दछु !!!
शुभकामना का दुई शब्द ब्यक्त गर्दा बिगतमा मनाईएका नारी दिवस,राजनितिक क्षेत्र बाट गरिएका प्रतिबद्धता ,स्वयं नारिहरुमा अाएकाे चेतना र उत्पिडनकारि संस्कार मा भएकाे रुपान्तरण काे समीक्षा गर्न मनासिब लाग्याे अन्यथा हुदैन भने।
“नारी बच्चामा बाबुका अधिनमा,बिबाह गर्याे पति अधिनमा र बृद्धअबश्था मा छाेराकाे अधिनमा राख्नु नारी लाई कहिल्यै स्वतन्त्र रहन नदिनु।”-मनु स्मृति
हाम्राे समाजमा याे अवस्था विद्यमान छ एक दुई जना सचेत महिला छाेडेर।विशेष गरि नेपाली समाज यहि शिक्षा बाट प्रशिक्षित छ र लागू यहि भएकाे छ।पतिकाे सेवा गर्नु ,विहाना बेलुका चरण स्पर्श गरि ढाेक्नु,पतिको गाेडा पखालेर जल अाचमन गर्नु र सिउदाेमा घस्नु,पतिकाे दृघायुकाे लागि व्रत बस्नु
र पुजा गर्नु अादि हाम्रा नारीका “गाैरब शालि “परंपरा हुन्!किचकन्या ,बाेक्सि र लक्षिणि-अलक्षिणि हाम्रा तक्मा हुन् ।अनि छाउपडि बस्नु र दाईजाे ल्याउनु हाम्रा तप जिम्मेवारी हुन्।
यति भनी सकेपछि यसकाे दाेषि या जिम्मेवार कस लाई दिने?भन्ने प्रश्न उठ्छ।यसकाे साेझाे उत्तर हाे शताब्दीयाैं देखिकाे हाम्राे रुढीबादी ,अन्धविश्वासि भेदभावपुर्ण पाठशाला,अभ्यास र प्रयाेग नै हाे।यसाे त कुनै जमानामा मातृसत्तात्मक प्रणालि पनि थियाे रे!पशु बस्तु सहित घुमन्ते अार्यहरुकाे पितृसत्तात्मक समूह भन्दा २८अाैं शताब्दी ई पु देखि असुरिया बाट सिन्धु उपत्यका मा अाई कृषिको युग सुरु गरेका असुरहरुकाे मातृशत्तात्मक समाज कयाैं गुणा राम्राे थियाे भन्ने कुरा प्राचि इतिहासमा उल्लेख पाईन्छ।तर घुम्दै जाने क्रममा सिन्धु उपत्यका पुगेका अार्यहरुले असुरहरु माथि अाक्रमण गरि सिन्धु र असुरहरुकाे सभ्यता नष्ट गरेकाे कुरा धार्मिक इतिहासमा उल्लेख छ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार ब्रम्हा सृष्टि कर्ता हुन्।हामिमा पर्याप्त भ्रम के छ भने उनिले जगतकाे सृष्टि गरे!
बिषय त्याे नभएर ब्रम्हा षडयन्त्रकारि थिए र उनी ले षड्यन्त्र पुर्ण ढंग बाट अाफ्नाे समुहमा मातृसत्ता जफत गरि पितृसत्तात्मक समाज सुरु गरे ,त्यसपछि कब्जा गरिएका असुरहरुमा पितृ सत्ता लागू गरे।उनिले सृष्टि त गरे तर जगतकाे नभई पुरुष प्रधान समाज सृष्टि गरे।
यसरि कब्जा गरे पछि अाफ्नाे उदेश्य लाद्न अार्यहरु ले
दण्ड विधान निर्माण गरे जाे मनुस्मृति काे रुपमा केहि लेख्न सकिन्छ।भरखरै नियन्त्रण मा लिईएका मातृ (महिला)लाई तह लगाउन नेल,हथकडि ब्यबस्था गरियाे अाज ती चुरा र पाउजु काे रुपमा छन,भाग्न र बिद्राेह बाट राेक्न कपाल फाल्न दिईएन,अा अाफ्नाे भनी छुट्याउन सिन्दुरको ब्यबस्था भयाे।अाज ती सबै शृङ्गारका साधनमा छन।चुरा,पाेते,सिन्दुर ,कल्लि -पाउजु सबै सहजै नियन्त्रणमा लिन प्रयाेग गरिएका विधि र साधन थिए।अाज ती सबै संस्कार र संस्कृति का रुपका छन्।
त्यति मात्रै नभए “छाेरिकाे विवाह अर्थातकन्याद गर्दा कुनै पनि रकम नलिनु ,लिए कन्या बेचेका पातक लाग्छ बरु कम्तिमा एकहल गाेरु दिनु!”भन्ने शास्त्र मा उल्लेख गर्नु ले अाज दाईजाे प्रथाले बिकराल रुप लिएकाे छ।यहि दाईजाे ब्यबस्था का कारण दैनिक जसाे बुहारिहरु मारिने र मर्ने गरेका घट्ना सुन्नु पर्छ।त्यस्तै छाउपडि प्रथाले अनाहकमा महिलाले ज्यान गुमाउनु परेकाे छ।जनचेतना का सयाैं संस्था काे कराैं काे कार्यम काबाबजुद पनि यस्ता घटना कमि अाएन र अच्छा खासा पढेलेखेका बिद्वान महिला पनि याे अन्धविश्वास चिर्न असमर्थ भए।
यी सबैहाम्राे समाजका कलंक हुन्।यी कलंक काे अन्य गर्न पहिलाे नारिहरु अफै अग्रसर हुनु पर्छ र यस्ता विकृतिका विरुद्धको संघर्षमा नेतृत्व गर्नु पर्छ।अरु त के खाना पकाउने र कपडा धुने काम महिला काे मात्रै हाे भन्ने कुराकाे पनि बिराेध अाट हामी गर्दैनाैं हामी।यसमा अाज नारि दिवसका दिन रंगिन शुभकामना दिने पुरुषहरु बढि जिम्मेवार हुनु पर्छ साथै राज्य ले पनि दरिला कानुन निर्माण गरि प्रभावकारि कार्यन्वयन मा जाेड दिनु अावश्यकछ।तर विडम्बना !हाम्रा विद्वान,बुद्धिजीवी र जान्ने मान्नेहरु काे नै संकिर्ण शाेच ले काम गर्दा यश तर्फ बहस छलफल अावश्यक ठान्दैनन्।
अझै पनि महिला लाई अधिकार दिए अाफुले दु:ख पाईन्छ भन्ने शाेच विद्यमान छ।र उत्पिडनकाे भार बाेकि रहेका महिलाहरु पनि प्रतिराेधि मानशिक्ता र बिद्राेह भन्दा दाशत्व स्विकार्नु उचित ठानेकाे अाभास हुन्छ।
अाज नारी दिवस काे अवसरमा शुभकामना अादान प्रदान काे तात्पर्य महिला मुक्ति का लागि पुरुष,महिला र राजनितिक क्षेत्र बाट हाम्रा बिकृति,विसंगति र महिलामा हुने हिंसा -हत्या र उत्पिडन का विरुद्धमा एकताबद्ध संघर्षकाे प्रतिबद्धता हाे।अन्यथा नारिदीवस मनाउनु अाैपचारिक्ता पूरा गर्नु मात्र हुनेछ महिला मुक्ति अाकाशकाे फल सावित हुने कुरा
शंका मान्नु पर्दैन कि?
फेरि पनि हार्दिक शुभकामना ब्यक्त गर्दछु!
-कालि बहादुर मल्ल









