जुफालमा नगर केन्द्रको भव्य उद्घाटनको तयारी

दुनै(डोल्पा) २२ फागुन
नगर केन्द्र जुफालमा आएपछि खुशियाली मनाई रहेका जुफालबासी भने नगरको केन्द्र उट्घाटनको भव्य तयारीमा जुटेका छन् ।
अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नगरको केन्द्र उद्घाटनमा आफुहरु जुटीरहेको र तयारी अन्तिम चरणमा पुगेको वडा नं ९ का अध्यक्ष बिर्मल भण्डारीले बताउनुभयो ।
उहा“का अनुसार नगरको केन्द्र जुफालमा सबैको पायक पर्ने भएको हु“दा सरकारले जुफालमा केन्द्र स्थापीत गरेर जनतालाई ठुलो राहत पु¥याएको छ ।
उद्घाटनलाई भव्य रुपमा सफल पार्नकालागि जनप्रतिनिधि,नगरबासी,बुद्धिजिवी,सम्पुर्ण कार्यालयका कर्मचारी ,संञ्चारकर्मी लगाएत सम्पुर्णलाई निमन्त्रण गरिएको भण्डारीले जानकारी दिनुभयो ।
भेरीखवर संवादाता








